१८ आश्विन २०८३, आईतवार

अष्ट्रेलिया आईसीसी टी–ट्वान्टी विश्वकपको सेमिफाइनलमा

एसीपी संवाददाता

२१ कार्तिक २०७८, आईतवार ०३:१५ मा प्रकाशित

२१ गते कात्तिक २०७८ । दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई पराजित गरेपनि अष्ट्रेलिया आईसीसी टी–ट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको दोस्रो खेलमा अष्ट्रेलिया सुपर–१२ को समूह–१ मा दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १९० रनको लक्ष्य इंग्ल्यान्डले १५ ओभर ३ बलमा ३ विकेट गुमाउँदै १४३ रनमा समेटियो ।

दक्षिण अफ्रिकाले शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्न इंग्ल्यान्डलाई १ सय ३१ भन्दा कम रनमा अल आउट वा रोक्नुपर्ने हुन्थ्यो । त्यसो नभएपछि अष्ट्रेलिया सेमिफाइनलमा पुग्ने निश्चित भएको हो ।

शनिबार नै भएको पहिलो खेलमा अष्ट्रेलियाले वेस्टइन्डिजलाई ८ विकेटले पराजित गरेको थियो ।

समूह–१ को विजेत इंग्ल्यान्ड बनि सकेको छ । अष्ट्रेलिया दोस्रो स्थानमा रह्यो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x