१२ मंसिर २०८३, शुक्रबार

प्रधान सेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि नयाँ दिल्लीमा , नेपाली सेनापतिको भब्य स्वागत

एसीपी संवाददाता

२३ कार्तिक २०७८, मंगलवार ०५:११ मा प्रकाशित

२३ गते कात्तिक २०७८ ।  नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि नयाँ दिल्लीतर्फ जानुभएको छ ।

मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शर्मा नयाँ दिल्ली जानुभएको नेपाली सेनाका प्रवक्ता ले जानकारी दिएको छ ।

भारतका स्थल सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा प्रधानसेनापति शर्मा चार दिने भ्रमणका लागि त्यसतर्फ जानुभएको हो ।

भ्रमण दलमा प्रधान सेनापतिसहित नौं सदस्यीय टोली रहेको सेनाले जनाएको छ ।

प्रधान सेनापति शर्मालाई यही कार्तिक २४ गते भोलि बुधबार भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा प्रधान सेनापति शर्माले भारतका उच्चपदस्थ पदाधिकारीहरुसँग भेट गर्ने कार्यक्रम तय भएको पनि नेपाली सेनाले जनाएको छ ।

शर्माले आजै भारतीय रक्षा सचिव अजय कुमार, भारतीय चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, भारतीय सेनाध्यक्ष जनरल एम एम नरवणे र भारतीय वायु सेनाध्यक्ष एयर चिफ मार्शल भि आर चौधरीसँग भेट गर्नुहुनेछ ।

प्रधानसेनापति महारथी प्रभुराम शर्मा भारत भ्रमणमा निस्किएपछि कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी बलाधिकृत रथी बालकृष्ण कार्कीलाई तोकिएको छ। भारतीयस्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणामा शर्मा मंगलबार बिहान नयाँ दिल्ली प्रस्थान गरेकाले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी बलाधिकृत रथी कार्कीलाई  दिइएको हो।

शर्मा भारत भ्रमणको अवधिभर उनको अनुपस्थितीमा बलाधिकृत रथी खकार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने नेपाली सेनाले जनाएको छ। प्रधानसेनापति भएपछि शर्माको यो पहिलो विदेश भ्रमण हो। प्रधानसेनापति शर्मा ९ सदस्यीय सैनिक टोलीको नेतृत्व गर्दै सेनाको जहाजमा भारतको राजधानी नयाँदिल्ली गएको हो।

भारतीय राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति कार्यालयमा कार्तिक २४ गते हुने विशेष समारोहमा प्रधानसेनापति शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्हबाट सम्मान गर्नेछन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x