चीनद्वारा तीब्बतको परम्परागत धर्म र संस्कृति छोड्न भन्दै युवा भिक्षुहरुलाई दबाव दिदै
२३ गते कात्तिक २०७८ । चिनले गर्दै आएको अन्यायको चपेटामा अझै तिब्बती नागरिक पर्दै आएका छन । यहि बिच चीनको किङघाई प्रान्त सरकारले युवा तीब्बती भिक्षुलाई मोनास्ट्री (विहार) छोड्न दबाब दिएको छ। सरकारले भिक्षुलाई घर फर्काउँदै आफ्नो विहार छोड्न उनीहरुलाई दबाब दिएको हो। तिब्बती भिछुगरु चीन नितिको बिरोध गर्दै आफ्नो स्वतन्त्रताका लागि आन्दोलनरत रहेका छ्न । चीनलाई डर छ कि कतै चीन विरुद्ध ठुलो समुह विरुद्धमा न लागोस ।
किङघाई प्रान्तले तीब्बतको परम्परागत धर्म र संस्कृति छोड्न भन्दै युवा भिक्षुहरुलाई धम्कीसमेत दिएको स्रोतले रेडियो फ्रि एसियालाई बताएको छ। चीनले आफ्नो कानुन संस्कृति थोपार्न खोज्दै आएको हो ।
धार्मिक मामिला नियमन गर्न अक्टोबर १ मा सो प्रान्तले भिक्षुहरुलाई विहार छोडाउने घोषणा गरेको र नयाँ कानुन अक्टोबर २० देखि लागु गरिएको बताइएको छ। सो घोषणापश्चात प्रान्तिय सरकारले किङ्घाईस्थित धिस्ता विहारबाट ११ देखि १५ वर्ष उमेर समूहका भिक्षुलाई निकाला गरिसकेको रेडियो फ्रि एसियामा उल्लेख छ। चीनको यो ब्यवहारको प्रती बिश्व समुदायले चासो लिएको छ ।
उत्तरपुर्वी तीब्बतमा अवस्थित सो विहार आम्दो क्षेत्रको ऐतिहासिक विहारको रुपमा चिनिन्छ। ‘सरकारी कर्मचारीले विहारमा छापा मारिरहेका छन् भने प्रान्तीय सरकारले जाख्युङ र अन्य विहारका भिक्षुलाई समेत जबरजस्ती घर पठाइरहेको छ’ स्रोतले रेडियो फ्रि एसियासँग भनेको छ, ‘तीब्बती भिक्षुप्रति यहाँको सरकार निकै निर्दयी र कठोर बनिरहेको छ।’ तिब्बती माथी अन्याय , अत्याचार , जबर्जस्ती धर्म परिवर्तन जस्ता घटनाहरु भएको बताईएको छ ।
सरकारले भिक्षुहरुको पहिरन लगाउन र विहार फर्किन प्रतिबन्ध लगाएको समेत बताइएको छ। चीन सरकारले यसअघि सिचुआन प्रान्तमा बसोबास गर्दै आएका भिक्षुलाई जबरजस्ती विहार जान रोक लगाउदै सरकारी विद्यालय पठाएको बताइएको छ। चीन ले तिब्बती भासा माथी रोक लगाउदै आएको हो । चीन ले ताईवान् माथी गर्दै आएको दादागिरी प्रति युरोपियन युनियन समेत सक्रिय भएको छ । तिब्बत ताईवान् माथी हमला गरे युरोपियन युनियन अमेरिकाले चीनको प्रतिकार गर्ने समेत भनी सकेको छ । ताईवानकि रास्ट्रपतिले चीन हामीलाई हल्का रूपमा न लिन समेत चेतावनी दिएको छ ।


