१२ मंसिर २०८३, शुक्रबार

इस्लामाबादमा हिन्दू मन्दिर निर्माणमा रोक लगाउने निर्णय फिर्ता लिन बाध्य भए ईमरान

एसीपी संवाददाता

२४ कार्तिक २०७८, बुधबार ०८:५१ मा प्रकाशित

२४ गते कात्तिक २०७८ । हिन्दू मन्दिर निर्माणमा रोक लगाउने निर्णय फिर्ता लिन अन्ततः पाकिस्तान सरकार बाध्य भएको छ । चौतर्फी आलोचनापछि सरकारले राजधानी इस्लामाबादमा हिन्दू मन्दिर निर्माणमा रोक लगाउने निर्णयबाट पछि हटेको हो ।

यसअघि इस्लामाबादस्थित राजधानी विकास प्राधिकरण (सीडीए) ले राजधानीमा पहिलो हिन्दू मन्दिर निर्माणका लागि छुट्टाइएको जग्गा खारेज गरिदिएको थियो । सो निर्णयपछि प्राधिकरणको चौतर्फी विरोध भएको थियो ।

राजधानीमा पहिलो हिन्दू मन्दिर निर्माणका लागि सन् २०१६ मा सरकारले ० दशमलब ५ एकड जमिन छुट्टाएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x