१२ मंसिर २०८३, शुक्रबार

सिमानाका रुपैडिहा नजिकै कुलोमा नेपाली नागरिक मृत फेला

एसीपी संवाददाता

२६ कार्तिक २०७८, शुक्रबार ०२:२७ मा प्रकाशित

२६ गते कात्तिक २०७८ । सिमानाका रुपैडिहामा कुलो नजिक नेपाली युवाको शव भेटिएको छ । रुपेडिहा बहराइच, सिमानाका चौकी क्षेत्रको अमपोखर गाँउ नजिकै नहरको किनारमा ४५ वर्षीय अपरिचित नेपाली पुरुष फेला परेका हुन । मृतकले कालो पोइन्टमा हल्का पहेलो टि शर्ट लगाएको हो । प्राप्त जानकारी अनुसार रुपैडिहा प्रहरी चौकी क्षेत्र अन्तर्गतको हल्का नम्बर २ अन्तर्गत पर्ने अमपोखर गाँउ नाजिकाई नहरमा शव फेला परेको थियो । बिहान अम्पोखर गाउँलेहरु शौचालय गएको एक नेपालीको शव देखेका थिए । गाउँका प्रमुखले थाहा पाए पछी प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी टोलीले खबर पाउने बित्तिकै पुगेको हो । सिमान्चल पत्रकार एसोसिएनका अध्यक्ष सुरेश कुमारी मधेसीयाले उक्त सम्बन्धमा इन्चार्ज प्रमोदकुमार त्रिपाठीसाङ कुरा गर्दा उन्ले उक्त नेपाली बिहान ९ बजे अमापोखर गाँउ नाजिकै नाहरदेखि किनरमा फेला पारेको हो । उक्त ब्याक्ती लागुऔसध दुव्र्यवशनि हुन सक्ने अनुमान गरिएको छ । समाचार लेख्दासम नेपाली नागरिकको पहिचान हुन नसकेको बताएका हुन । गाउँलेका अनुसार नेपाली नागरिक हुन सक्ने अनुमान गरिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x