१२ मंसिर २०८३, शुक्रबार
आन्दाेलनकारी अराजक वकिलले ताण्डव मच्चाउने ठाउँ प्रहरीले नियन्त्रणमा
२६ गते कात्तिक २०७८ । सर्वाेच्च अदालतमा सुरक्षा बढाएकाे छ । बाक्लाे रूपमा सुरक्षाकर्मीकाे उपस्थिति गराइएकाे छ ।
आन्दाेलनकारी अराजक वकिलले ताण्डव मच्चाउने ठाउँ प्रहरीले नियन्त्रणमा लिएकाे छ । वकिलहरू बार परिसरमा सीमित भएका छन् ।
हिजाे अराजकता देखाउँदा गाेदाई खाएका वकिलहरू आज बारमा थुनिएका छन् । सर्वाेच्चमा पस्ने ठाउँ छैन । यसैबिच
प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले भिजिलान्ते प्रयोग गरेर आन्दोलन दबाउन खोजेको आरोप नेपाल बार एशोसिएसनले लगाएको छ । एशोसिएसनका महासचिव लिलामणि पौडेलले धर्नालाई सम्बोधन गर्दै सो आरोप लगाएका हुन् ।
आन्दोलनमा घुसपैठ गराएर निस्तेज पार्न खोजिएको दाबी गर्दै उनले एशोसिएसनको आन्दोलन अझै सशक्त हुने बताए ।





Subscribe
Login
0 Comments


