१२ मंसिर २०८३, शुक्रबार

किन ३० गते नेपाल बन्द गर्दै बिप्लव माओवादी

एसीपी संवाददाता

२६ कार्तिक २०७८, शुक्रबार १५:२९ मा प्रकाशित

२६ गते कात्तिक २०७८ । यही  कार्तिक ३० गते नेपाल बन्द हुने भएको छ । पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धिको बिरोधमा बिप्लव नेतृत्वको नेकपाले यही कार्तिक  ३० गते नेपाल बन्दको घोषणा गरेको हो ।

बिप्लवले बिज्ञप्ती जारी गर्दै यही ३० कात्तिकमा नेपाल बन्दको घोषणा गरेको हो । पेट्रोलिमय पदार्थमा गरिएको मुल्यबृद्धिले हरेक क्षेत्रमा महंगी बढ्ने भएकाले नेपाली जनतामाथि सरकारले ठूलो अन्याय गरेको नेकपाले ठहर गरेको बिज्ञप्तमा भनिएको छ ।

३० गते नेपाल बन्दको कार्यक्रम घोषणा गरेको बिप्लव  नेकपाले आज २५ गते देशब्यापी प्रदर्शन गर्ने भएको छ भने भोली शुक्रबार साँझ मसाल जुलुस बाल्ने जनाएको छ ।

त्यस्तै २७ गते एक घण्टा देशब्यापी प्रदर्शन गर्ने, २८ गते १ घण्टा चक्काजाम गर्ने, २९ गते सिठ्ठि जुलुस र मसाल जुलुसको कार्यक्रम गर्ने पनि जनाएको छ भने ३० गते नेपाल बन्दको घोषणा गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x