चीन दलाईलामा सङ वार्ता गर्न तयार तर राख्यो शर्त
२७ गते कात्तिक २०७८ । चीन अन्ततः दलाई लामासँग वार्ता गर्न सहमत भएको छ । चीनले यो वार्ताका लागि ठूलो शर्त पनि राखेको छ । यस शर्तमा भविष्यका दलाई लामा अर्थात् १४ औं दलाई लामाका उत्तराधिकारीका बारेमा मात्रै छलफल गरिनुपर्छ भन्ने चीन चाहन्छ । उनी यस भेटमा तिब्बतसँग सम्बन्धित कुनै पनि विषयमा बोल्न चाहँदैनन् । चीन र दलाई लामा बीचको यो महत्त्वपूर्ण कुराकानीको बारेमा कुरा गर्नु अघि, नै चिनको शर्तले झन असमजस बढेको छ । दलाई लामा र उनको संगठन चीनमा प्रतिबन्धित संगठन हो। किनकि सन् १९५१ मा चीनले तिब्बत कब्जा गरेपछि लगातार बौद्ध भिक्षुहरूविरुद्ध काम गर्न थाल्यो र सामूहिक हत्या गर्न थाल्यो। यसपछि सन् १९५९ मा दलाई लामा तिब्बत छाडेर आफ्ना अनुयायीहरूसँग भारत आए र त्यसबेलादेखि उनी यहाँ निर्वासित जीवन बिताइरहेका छन् । चिनले तिब्बतीहरु हत्या गरेको र थुप्रै धार्मिक संस्कृति नस्ट बनाएको हो । भारतमा दलाईलामा सुरक्षित रहेको र यहाँ उनी अरु स्थान न जाने बताएका छ्न । चीनले पहिले तिब्बती र अहिले उईगर माथी गरि रहेको हिंसा , हत्याले बिश्वमा आलोचना झेल्दै आएको छ । उउईगर मुस्लिमको समाचार प्रकाशित , प्रसारण गरेको भन्दै बिबिसी माथी रोक लगाएको थियो ।


