१२ मंसिर २०८३, शुक्रबार

भारतमा नेपाल प्रहरीका तीन निरीक्षक (इन्स्पेक्टर) उत्कृष्ट

एसीपी संवाददाता

२७ कार्तिक २०७८, शनिबार ०७:२३ मा प्रकाशित

२७ गते कात्तिक २०७८ । भारतको हैदारावादमा आयोजित इन्डियन पुलिस सर्भिस (आईपीएस) तालिममा नेपाल प्रहरीका तीन निरीक्षक (इन्स्पेक्टर) उत्कृष्ट भएका छन्।

तालिममा नेपालका इन्स्पेक्टर अनिल थापा, किरण राउत र सिमोन धिताल पुरस्कृत भएका हुन्। आउटडोरतर्फ द बिएसएफबाट थापा, द जयपुर कपबाट राउत र धिताल पुरस्कृत भएका हुन्। उनीहरुलाई भारतीय सुरक्षा सल्लाहकार अजित डोभालले अवार्ड प्रदान गरेका छन्।

५० हप्ता लामो तालिममा नेपालबाट ५ जना सहभागी भएका थिए। तालिम सरदार बल्लभभाइ पटेल पुलिस एकेडेमी हैदारावादमा भएको तालिमको समापनमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री पनि हैदारावाद पुगेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x