१२ मंसिर २०८३, शुक्रबार
चीनद्वारा दक्षिण पूर्वी एसियाली क्षेत्रमा प्रभुत्व नजमाउने टिप्पणी
७ गते मंसिर २०७८ । कम्युनिस्ट नेतृत्वको चीनका राष्ट्रपति सी चिनफिङले दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान)सँगको सम्मेलनमा दक्षिण पूर्वी एसियाली क्षेत्रमा प्रभुत्व नजमाउने टिप्पणी गरेका छन् ।
दक्षिण पूर्वी एसियाली राष्ट्रको संगठन आसियानका राष्ट्र प्रमुख र चिनियाँ राष्ट्रपति सी बिच सोमबार भचएको सम्मेलनमा चिनियाँ राष्ट्रपति सीले भनेका छन्, ‘आधिपत्य र शक्ति राजनीतिको चीन दृढतापूर्वक विरोध गर्छ ।’
आसियानसँगको सम्मेलनमा सीले अघि भनेका छन्, ‘साना राष्ट्रहरूलाई ठूला देशको रूपमा धम्की कुरा त छोड्नुहोस् चीनले कहिल्यै प्रभुत्व गर्न खोज्ने छैन ।’
अर्काेतर्फ भने चीनले दक्षिण चीन सागरमा आफ्नो अधिपत्य जमाइरहेको छ भने उता ताइवानलार्य कब्जा गर्न लागि परेको छ ।
Subscribe
Login
0 Comments


