काङ्ग्रेस जिल्ला निर्वाचन समितिको बैठक सम्पन्न
७ गते मङ्सिर २०७८ । नेपाली कांग्रेसको १४ औं महाअधिवेशन अन्तर्गत बाँके जिल्ला निर्वाचन अधिकृत रेवतीरमण भट्टराईको अध्यक्षतामा बैठक बस्यो । बैठकले तपसिल बमोजिमका निर्णय गरेको छ ।
निर्णयहरु :
१. नेपाली कांग्रेस पार्टीको १४ औं अधिवेशनको सन्र्दभमा जिल्ला बाँकेको वडा तहदेखी जिल्ला तहसम्मको निर्वाचन सम्पन्न गर्नका लागि गठित निर्वाचन परिचालन समितिका सदस्य अशोक बस्नेत यस अधिवेशनकै संघिय महाधिवेशन प्रतिनिधी उम्मेदवार भएकाले निज सदस्यलाई प्राप्त जिम्मेवारी र समितिको सदस्य पदमा रहि कार्य गरिरहेकोमा यसै निर्णयबाट उहाँका स्थानमा प्राध्यापक प्रकाश लामिछानेलाई राखी निर्वाचन परिचालन समितिलाई पुर्नगठन गर्ने निर्णय पारित गरियो ।
२. बाँके जिल्लाको वडा तहको, पालिका तहको तथा प्रदेश सभा तहको निर्वाचन सम्पन्न भईसकेकोले अब तालिका बमोजिम प्रतिनिधी सभा स्तरिय क्षेत्रीय समितिको अधिवेशन २०७८ मंसिर ८ गते बिहान १० बजेदेखी मनोनयन कार्यक्रम गर्ने तथा २०७८ मंसिर ९ गते निर्वाचनको कार्यक्रम गर्ने गरी निर्वाचन कार्यक्रम प्रकाशन गर्ने निर्णय पारित गरियो ।
३. नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँके जिल्लाको प्रतिनिधी सभा क्षेत्रीय अधिवेशनको लागि तीन वटै प्रतिनिधी सभा क्षेत्रमा हुने निर्वाचनका लागि निर्वाचन परिचालन समितिका सदस्यहरुबाट नै तीन वटै क्षेत्रमा समन्वयका लागि मनोनयन प्रक्रियादेखी मत परिणाम घोषणा सम्म परिचालन गर्ने निर्णय गरियो ।


