१२ मंसिर २०८३, शुक्रबार

ब्राउन सुगर सहित बर्दियाबाट ३ जना पक्राउ

एसीपी संवाददाता

१५ मंसिर २०७८, बुधबार ०५:४९ मा प्रकाशित

१५ गते मङ्सिर २०७८ । बर्दिया, बढैयाताल गाउँपालिका-७ कर्णाली पुलबाट ९ सय ६० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित २ जनालाई मंगलबार साँझ  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ मगर टोल बस्ने २१ वर्षीय बिशाल सिंह ठकुरी र २२ वर्षीय प्रदिप सुनार रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया र प्रहरी चौकी कालिकाबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी बर्दिया, मधुबन नगरपालिका-५ गाउँ नम्बर ११ खैरेनी सामुदायिक बनबाट १८ ग्राम ७ सय ८० मिलीग्राम ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित भारत बहराईच तहसिल मिपुरुवा थाना सुजौली फकिरपुर पोस्ट ग्रामपंचायत आमाबर्दिया बस्ने २२ वर्षीय रोहित कुमार गुप्तालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागूऔषध  नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x