१२ मंसिर २०८३, शुक्रबार

चीनले यदि ताइवानमाथि हमला गरेको खण्डमा जापान र अमेरिका चुप नबस्ने

एसीपी संवाददाता

१५ मंसिर २०७८, बुधबार १६:५३ मा प्रकाशित

१५ गते मङ्सिर २०७८ । जापानका पूर्व प्रधानमन्त्री  शिन्जो आबेले चीनले यदि ताइवानमाथि हमला गरेको खण्डमा जापान र अमेरिका चुप नबस्ने कुरा बुझ्नुपर्ने बताएको छ ।



समाचार एजेन्सी रोयटर्सका अनुसार बुधबार आबेले ताइवानको एउटा थिंक ट्याङ्कलाई दिएको भर्चुअल भाषणमा भनेका छन्, ‘ताइवानमा आपतकाल जापानको पनि आपतकाल हो । त्यस हिसाबले यो जापान–अमेरिका गठबन्धनका लागि आपतकालजस्तो स्थिति हुनेछ । चीनका जनता विशेषगरी राष्ट्रपति शी जिनपिङले पनि कहिल्यै यो भ्रम पाल्नु हुँदैन कि जापान र अमेरिकाले उनलाई साथ दिनेछन् ।’



अघिल्लो वर्ष प्रधानमन्त्रीको पद छोडेपछि आबे जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका सबैभन्दा ठूलो गुटका प्रमुख हुन् र उनलाई पार्टीभित्र निकै प्रभावशाली मानिन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x