१३ मंसिर २०८३, शनिबार

आफैले खानेको खाल्डोमा धासिदै पाकिस्तान ; तालिबानले गर्‍यो पाकिस्तानसँग युद्धको घोषणा

एसीपी संवाददाता

२५ मंसिर २०७८, शनिबार ०९:४३ मा प्रकाशित

२५ गते मङ्सिर २०७८ । तालिबानले फेरि पाकिस्तानसँग युद्धको घोषणा गरेको छ । पाकिस्तान र तेहरिक-ए-तालिबानबीच युद्धविराम भएको थियो तर अहिले तालिबानले यो युद्धविराम अन्त्य गरिरहेको बताएको छ । तालिबानले आफ्ना लडाकुहरूलाई अहिले पाकिस्तानमा आक्रमण गर्न आग्रह गरेको छ। तालिबानले पाकिस्तानको इमरान खान सरकारले विगतमा आफूले गरेका निर्णयहरूलाई सम्मान नगरेको आरोप लगाएको छ। बिहीबार तालिबानले इमरान खान सरकारसँग मिलेर विगत एक महिनादेखि जारी युद्धविराम अन्त्य गरेको घोषणा गरेको थियो ।

‘डन’को रिपोर्टका अनुसार यसअघि टीटीपी र पाकिस्तानबीच धेरै चरणको वार्ता भएको थियो। अफगान तालिबानले पाकिस्तान र टीटीपी बीच मध्यस्थता गर्न सहमत भएको थियो, र यसले दुवै पक्षबाट आफ्नो भूमिका खेलिरहेको थियो।
२५ अक्टोबर २०२१ मा पाकिस्तान सरकार र टीटीपीबीच ६ बुँदे सहमति भएको थियो। यसबाहेक करिब दुई साताअघि अफगानिस्तानको दक्षिण–पश्चिमी खोस्त क्षेत्रमा दुवै पक्षबाट प्रत्यक्ष आमनेसामने वार्ता पनि भएको थियो । जसमा दुईबीच शान्ति कायम राख्ने विषयमा छलफल भएको थियो ।

यद्यपि, टीटीपीले पाकिस्तानबाट युद्धविराम रोक्न र आदिवासी क्षेत्रहरूलाई पहिलेको हैसियत दिन शरिया कानून लागू गर्ने शर्त राखेको छ। टीटीपीले शरिया कानूनबारे इमरान सरकारसँग वार्ता गर्न सकारात्मक नरहेको भन्दै आरोप लगाएको छ ।

टीटीपी नेता मुफ्ती नूर वली महसुदले पाकिस्तानसँगको युद्धविराम अन्त्य भएको घोषणा गरेका छन् । यति मात्र होइन, उनले आफ्ना लडाकुहरूलाई अहिले पाकिस्तान माथी आक्रमण सुरु गर्न भनेका छ्न । टीटीपीको यो घोषणापछि अब फेरि एकपटक पाकिस्तानको शान्ति प्रणालीमा ठूलो क्षति पुग्ने सम्भावना देखिएको छ । एजेन्सी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x