१३ मंसिर २०८३, शनिबार

भारतको सेनाका प्रमुख मनोज नरवणे भारतको नयाँ चीफ अफ डिफेन्स स्टाफ नियुक्त

एसीपी संवाददाता

२६ मंसिर २०७८, आईतवार ०९:१४ मा प्रकाशित

२६ गते मङ्सिर २०७८ । एजेन्सी – भारतको स्थल सेनाका प्रमुख मनोज मुकुन्द नरवणे भारतको नयाँ चीफ अफ डिफेन्स स्टाफ नियुक्त भएका छन् । नरवणेको पदोन्नतीसँगै लेफ्टिनेन्ट जनरल चण्डी प्रसाद मोहांटीलाई नयाँ स्थल सेना प्रमुख बनाइएको छ ।

भारतका प्रथम चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावतको गत बुधबार हेलिकप्टर दुर्घटनामा निधन भएपछि भारतीय सेनाको सर्वोच्च पद खाली भएको थियो । रावतको निधनपछि दोस्रो बरियतामा रहेका एयर मार्शल बलभद्र राधाकृष्णले कार्यवाहक सीडीएसको जिम्मेवारी सम्हालिरहेका थिए ।

भारतीय सेनाका २७औं चीफ अफ आर्मी स्टाफ रहेका मनोज मुकुन्द नरवणे अब चीफ अफ डिफेन्स स्टाफ हुनु भएको छ । भारतको पुणेमा जन्मिएका ६१ वर्षीय नरवणे सातौं शिख लाइट इन्फेन्ट्री युनिटमा आवद्ध रहेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x