१३ मंसिर २०८३, शनिबार

आफूलाई सभापतिमा जिताउन आवश्यक भएको प्रधानमन्त्री देउवाको भनाई

एसीपी संवाददाता

२७ मंसिर २०७८, सोमबार ०१:३० मा प्रकाशित

२७ गते मङ्सिर २०७८ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसको सभापतिका उम्मेदवार शेरबहादुर देउवाले आफूलाई सभापतिमा जिताउन आवश्यक रहेको बताएका छन् । मतदानको अघिल्लो दिन आइतबार पत्रकार सम्मेलन आयोजना गरेर देउवाले आफूले सभापतिमा जित हात पारे तीनै तहको निर्वाचनमा पार्टीलाई जित दिलाउने वाचासमेत गरे ।

उनले सभापति र प्रधानमन्त्री हुँदा विवाद हुने त्यसैले पनि आफूले जित्नु आवश्यक रहेको तर्क गरे। उनले गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईको स्मरण गर्दै सभापति र प्रधनमन्त्री फरक फरक नेताहरु हुँदा पार्टीमा विवाद भएको बताए ।

देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली फेरि सत्ता कब्जा गर्ने रणनीतिमा रहेको भन्दै देउवा हार्ने वा जित्नेभन्दा पनि प्रजातन्त्र जिताउने कुरा रहेको बताए।

पत्रकार सम्मेलनमा रहेका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापतिमा पराजित प्रधानमन्त्रीको नेतृत्वमा जुनावमा जान नसकिने भन्दै देउवालाई जिताउनुपर्ने बताए । उनले आफू सडकमै बसेर देउवालाई जिताउन लागेको बताए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x