जेठाजु सुशिल र पति अरुणको मार्गलाई पछ्याउँदै , कोइराला परिवारको विरासत थाम्दै – किरण कोईराला
२७ गते मङ्सिर २०७८ । दुरसचार = नेपाली कांग्रेसकी नेतृ किरण कोइराला यतिबेला केन्द्रिय सदस्यको दौडमा होमिएकी छन् । नेपाली कांग्रेस बाँकेको सभापतिको जिम्मेवारी समेत सम्हालिसकेकी उनी केन्द्रिय सदस्यको दौडमा रहेकी हुन् । नेतृ किरण पार्टीका पुर्वसभापति तथा पुर्वप्रधानमन्त्री स्वर्गिय सुशिल कोइरालको सहोदर भाई बुहारी हुन् ।
नेपाली कांग्रेस बाँकेको सभापतिको जिम्मेवारीमै रहँदा नेतृ किरणका पति डा. अरुण कोइरालाको असमायिक निधन भएको थियो । सहोदर जेठाजु सुशिल र पति अरुणको मार्गलाई पछ्याउँदै उनले बाँकेमा कोइराला परिवारको विरासत थाम्दै आएकी छिन् । केन्द्रिय कार्यसमिति सदस्यका लागि उनी पश्चिम क्षेत्रबाट कोइराला परिवारको एक मात्र प्रतिनिधी समेत हुन् ।

पार्टीको १४ औं महाधिवेशनमा संस्थापन इतर(शेखर कोइराला) प्यानलबाट केन्द्रिय सदस्य(महिला खुल्ला)मा उम्मेदवारी दिएकी नेतृ किरणले आफ्नो प्रचार प्रसारलाई तिब्रता दिएकी छन् । ‘मैले महाधिवेशन प्रतिनिधीसहित शिर्ष तहका सबैजसो नेतालाई पनि भेटेर भोट मागिरहेकी छु, नेताहरुले तपाई जित्नु हुन्छ भनेर भन्नु भएको छ, मलाई अग्रिम शुभकामना पनि दिइरहनु भएको छ,’ उनले भनिन् । आफुले केन्द्रिय सदस्यमा उम्मेदवारी दिएकाले देशभरका महाधिवेशन प्रतिनिधीले सहयोग गर्नेमा नेतृ किरण आशावादी छिन् ।


