नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशनकाे उद्घाटन सत्रमा उपस्थित प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीलाई लिएर भाजपा नेता खुशी
२७ गते मङ्सिर २०७८ । भारतीय जनता पार्टी (भाजपा) का नेता तथा मन्त्री हर्षवर्द्धनले नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशनकाे उद्घाटन सत्रमा उपस्थित प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीलाई लिएर प्रशंसा गर्नुभएकाे छ । उनी भारतबाट नेपाली काङ्ग्रेसको महाधिवेशनमा अथितिका रूपमा आएका हुन । नेपाल धेरै जसो पुर्ब प्रधानमन्त्रीलाई एकै साथ देख्दा खुशी लागेको बताए ।
महाधिवेशनकाे उद्घाटन सत्रमा बाेल्दै भाजपा नेता हर्षवर्द्धनले एउटै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्री अहिलेसम्म नदेखेकाे बताउनुभएकाे छ । उहाँले यस्ताे दृश्य भारतमा भएका कार्यक्रममा पनि नदेखेकाे बताउनुभएकाे हाे । यस्ताे दृश्य पहिलाे पटक देखेकाे भाजपा नेता हर्षवर्द्धनकाे भनाइ थियाे । अहिले सम्म एकै यकै कार्यक्रममा यति धेरै पुर्ब प्रधानमन्त्रीले आसान ग्रहण गरेको ईतिहास हुने बताए । नेपाली काङ्ग्रेसले सबै दलका नेतालाई बोलाएको कारण यस्तो अवस्था आएको हो । काङ्ग्रेसको नेपाल , प्रचण्ड अहिले साझेदार सत्तामा छन भने निवर्तमान प्रधानमन्त्री केपि ओलि सङ देउवाको गहिरो सम्बन्ध छ । सायद भाजपा का नेतालाई यहि मौका खुशीको भएको बताएका हुन ।
उद्घाटन सत्रलाई सम्बाेधन गर्दै उहाँले भन्नुभयाे, ‘एउटै मञ्चमा एकै साथ यति धेरै पूर्वप्रधानमन्त्री अहिलेसम्म देखेकाे थिइनँ । भारतमा पनि देखेकाे थिइनँ । म सबैलाई नमन गर्न चाहन्छु ।’
कांग्रेस महाधिवेशनकाे उद्घाटन सत्रमा पूर्वप्रधामन्त्रीहरू केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, लाेकेन्द्रबहादुर चन्दका साथै विभिन्न पार्टीका शीर्ष नेता सहभागी हुनुभएकाे छ । भाजपा नेता हर्षवर्द्धनले एउटै कार्यक्रममा विभिन्न पार्टीका शीर्ष नेताहरू उपस्थित हुनु नाैलाे विषय भएकाे बताउनुभयाे ।


