१३ मंसिर २०८३, शनिबार

टुडिंखेल बाट नेपाली कांग्रेस १४औं महोत्सव म जे देखे जे सुने यथार्थ

एसीपी संवाददाता

२७ मंसिर २०७८, सोमबार १६:१२ मा प्रकाशित

टुडिंखेल बाट नेपाली कांग्रेस १४औं महोत्सव म जे देखे जे सुने यथार्थ। भारत भाजपा नेता हर्ष बर्द्धनकै सारमा। विश्वमा सबैभन्दा बढी सदस्य भएका पार्टी भारतको भाजपा र चीनको कम्युनिस्ट पार्टी हुन् । भाजपाका १८ करोड सदस्य छन् भने चिनियाँ कम्युनिस्ट पार्टीका करिब १० करोड । भाजपाका सदस्यले भारतको कुल जनसंख्याको १३ प्रतिशतभन्दा बढी भाग ओगट्छन् । चीनमा त्यसको झन्डै आधा, ७ प्रतिशत, मात्र छ । भारत लोकतन्त्र अँगालेको खुला समाज भएको मुलुक हो । चीन एकदलीय तन्त्र भएको नियन्त्रित समाज मानिन्छ । चीनले चाहेमा पार्टी सदस्यता भाजपाको भन्दा निकै गुणा बढाउन सक्छ । त्यसका लागि राष्ट्रपति सीको सामान्य इसारा काफी हुन्छ । त्यसैले प्रश्न उठ्छ, चीनको कम्युनिस्ट पार्टीले भन्दा भाजपाले सदस्यता विस्तारलाई किन अत्यधिक प्राथमिकता दिइरहेछ ? अनुमान गर्न गाह्रो छैन, आउने दिनमा भाजपा अरू निरंकुश र असहिष्णु बन्ने सम्भावना ज्यादा छ ।
आजको बहस महाधिवेशनको चुनावी रौनक ताम झामको साथमा कांग्रेस हरेक नेतृत्व पंक्ति सडकमा केन्द्रित छ । त्यहाँ मेरो भनाइ निष्कर्ष नेपाली कांग्रेसको ‘सदस्य ८ लाखबाट ८० लाख पुगे पनि यथास्थितिमा कांग्रेसबाट आशा गर्न सकिने ठाउँ निकै कम छ ।’ पार्टीमा लागेका मानिसलाई यो रुचिकर कुरा होइन । मेरो यो कुरा कांग्रेसका सन्दर्भमा मात्र पनि होइन, सबै पार्टीलाई लागू हुन्छ । कांग्रेसका अतिरिक्त एमाले, माओवादी केन्द्र पनि धेरै सदस्यता भएका पार्टी हुन् । सतहमा आइरहेका अरू पार्टी पनि सदस्यता बढाउने अभियानमा देखिन्छन् । तर पार्टीहरू कहाँ छन् भनेर खोज्नुपर्दा पद, प्रतिष्ठा, सुविधा र सत्ताको सुरक्षित आवरणमा कमाउ धन्दाबाहेक अन्यत्र कहाँ भेटिएलान् र ?

नेपालमा पार्टी सदस्यता गुटको नियन्त्रणमा छ । जुन गुट जति बलियो हुन्छ उसले त्यही अनुपातमा सदस्यता थप्छ र अरू गुटप्रति कठोर र असहिष्णु बन्छ । नेपालका प्रमुख दलहरूमा यो प्रवृत्ति सजिलै देख्न सकिन्छ । अहिलेसम्म उनीहरू तुलनात्मक रूपमा अरू दलप्रति नरम र सहिष्णु पनि छन् तर आफैंभित्र सहिष्णुता छैन । कांग्रेस सभापति देउवा अरू दल र नेताप्रति सर्वाधिक उदार र सहिष्णु छन् तर आफ्नै पार्टीमा त्यो देखिँदैन । केपी ओली अहिले कांग्रेसप्रति नरम नै छन्, जसपाको ठाकुर–महतो समूहप्रति त सोच्नै नसकिने गरी उदार छन् । पार्टी भने उनकै असहिष्णुताले चकनाचुर भएको छ ।

मैले पछिल्लो चार वर्षदेखि पार्टीसम्बन्धी हाम्रा अवधारणा र अभ्यास निकै थोत्रा देखे , नयाँ ढंगले पार्टी निर्माण गर्नु आवश्यक छ भनेर अभिमत राख्दै आएको र बहस पनि गरे तर लागु भएन । यहाँ स्तम्भमा पनि धेरै पटक लेखिसकेको छु । आज फेरि तिनै कुरा दोहोर्‍याउनुपर्ने भएको छु।

सबैभन्दा पहिले कथित ‘कार्यकर्तामुखी’ पार्टीको सोच फ्याँक्नुपर्‍यो । पार्टी नेतृत्व र जनता अर्थात् मतदाताबीच सीधा सम्बन्ध हुनुपर्‍यो । त्यसका लागि अहिले सञ्चार प्रविधिले अत्यन्त सहज र व्यापक पहुँच हुने माध्यम दिएको छ । सेकेन्डभित्र नेता जनतामाझ पुग्न सक्छन्, संवाद गर्न सक्छन् । त्यसैले आशामुखी र आश्रित कार्यकर्ताको झुन्डभन्दा चुस्त र गतिशील नेतृत्व पंक्ति निर्माण अहिलेको आवश्यकता हो । औपचारिक सदस्यताको प्रमाणपत्रभन्दा मतदातालाई स्वयंसेवी भावनाले आकर्षित र प्रेरित गर्न सक्ने डाइनामिक नेतृत्वको खाँचो छ । अहिले कुनै ‘वाद’ का नाममा पार्टीलाई धेरै सैद्धान्तीकरण गर्नु आवश्यक पनि छैन । यो कुरा थोत्रो र असान्दर्भिक मात्र होइन, झुटो प्रमाणित भइसक्यो । समाजमा न्याय, समानता र समतामूलक नीति तथा कार्यक्रम अवलम्बन गर्न समाजवाद वा साम्यवादको आड लागिरहनु पर्दैन । नेपालमा मात्र होइन, अहिले विश्वमै नाममा बाहेक कुनै समाजवादी वा साम्यावादी पार्टी छ जस्तो लाग्दैन ।

भोलि के हुन्छ, कस्तो राजनीतिक आन्दोलन वा संघर्ष गर्नुपर्छ, त्यो भोलिलाई नै छाडौं । आज हामी जुन व्यवस्था र प्रणालीमा छौं, त्यसलाई आधार मानेर भन्ने हो भने अबको पार्टी नेतृत्व र संरचना उपलब्धिमूलक ‘पर्फर्मेन्स–बेस्ड’ हुनुपर्छ । सत्ताबाहिर भएका बेला ‘इलेक्टोरल पर्पmर्मेन्स’ र सत्तामा भएका बेला ‘गभन्र्यान्स पर्फर्मेन्स’ नै नेतृत्वको परिचय हो । हिजोका संघर्ष, त्याग र उपदेशले आजका मतदाता आकर्षित हुँदैनन् । ती विषयलाई ससम्मान इतिहासमा सुरक्षित गरे हुन्छ ।

आज कांग्रेसमा कोही नेता छन् जस्तो मलाई लाग्दैन । सभापति, उपसभापति, महामन्त्री, वरिष्ठ नेता, सांसद जे भनिन्छ, ती सबै पदीय भागबन्डा मात्र हुन् । पदाधिकारीहरूको भर्‍याङ र पंक्ति मात्र हो । कोही नेतृत्वको औकातमा पुगिरहेको जस्तो लाग्दैन । यस्तै भ्रातृ संगठन, विभागहरू पनि काम नलाग्ने जन्जाल मात्र भएका छन् । नेतृत्व पङ्गु भएपछि पार्टी संगठन र संरचनाको यस्तै हविगत हुन्छ । झन्डै चार वर्षदेखि कांग्रेस मुलुककै एउटा ठूलो ‘वेस्टेज’ सिद्ध भएको देखियो । यसको मुख्य कारण एकले अर्को लाई स्वीकार गर्न नसक्नु चुनावी हारपछि पनि कांग्रेसको नेतृत्व परिवर्तन नहुनु हो । चुनावमा पराजित नेतृत्वको निरन्तरताले पार्टीका समर्थक मतदातालाई उत्साहित गर्न सकेन तर ओलीको निरंकुश हर्कत लाई कांग्रेसको सभापति तथा सम्मानिनिय प्रधानमन्त्री शेर बहादुर ज्यु,को को नेतृत्वले तोड्न सफल भयो ।

भोली हुनेवला नेतृत्व पंक्तिले परिवर्तनलाई पदमा बस्नेले निजी प्रतिष्ठा बनाउनु हुँदैन । यो व्यक्तिगत हारजितको कुरा पनि होइन । लोकतन्त्रमा अपेक्षित राजनीतिक संस्कार पनि हो । नेतृत्वको निरन्तरता मापन गर्ने एउटा महत्‍वपूर्ण आधार चुनावी सफलता हो । हिजोको दिन अभ्यासमा पछाडि परे पनि आउने दिन त्यो नहोस् । अब फेरि आउने चुनावमा कांग्रेसलाई आउने नयाँ नेतृत्वले नै हाँक्ने छ र यो अधिवेशनबाट कतिपयले बिदा हुनेछन् र कतिपय नेतृत्व सम्महाल्ने उचित हुन्छन र गुमेको कांग्रेसको व्यक्तित्वलाई फेरि सम्मानित गर्नेछन् ।

बिनोद थारु। जय नेपाल !

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x