२० बैशाख २०८३, आईतवार

दलीय प्रणाली बाहिरबाट जनताको सेवा कठिन : आरजु देउवा

एसीपी संवाददाता

७ असार २०७९, मंगलवार ००:२४ मा प्रकाशित

पोखरा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले दलीय प्रणालीभन्दा बाहिरबाट जनताको सेवा गर्न कठिन हुने बताउनुभएको छ ।

नेपाल तरुण दल कास्कीले सोमबार पोखरामा विपत् व्यवस्थापन नागरिक सेवामा तरुण दलको भूमिका एवं निर्वाचित जनप्रतिनिधिलाई बधाई कार्यक्रमको सम्बोधनमा राणाले स्वतन्त्रबाट लडेर चुनाव जितेकाहरूको काम हेर्न बाँकी रहेको बताउनुभयो ।

प्रधानमन्त्री पत्नीसमेत रहेकी नेतृ आरजु देउवाले स्थानीय तहको निर्वाचनमा काठमाडौंको मेयरमा बालेन शाहले चुनाव जितेपछि स्वतन्त्र उम्मेदवार बन्नेहरूको लहर चलेको उल्लेख गर्नुभयो ।

‘अहिले जति पनि स्वतन्त्रले जितेका छन् नि, उनीहरू एउटा–एउटा गुण पहिचान गरी नेता बनेका हुन्,’ उहाँले भन्नुभयो, ‘म ओपन्ली भन्न चाहन्नँ तर सोसल मिडिया रूटिङ अफ नेपाल बन्द बालेनले कतिमा हायर गर्नुभयो ?’

विभिन्न पेसासँगै पत्रकारितासमेत छोडेर राजनीति गर्न आएको प्रसङ्ग निकाल्दै उहाँले स्थानीय तहमा बसेर काम गर्न गाह्रो हुने बताउनुभयो । स्थानीय तहमा सुशासन कायम हुन नसक्ने चिन्ता आफूलाई लागेको भन्दै नेतृ देउवाले जनताको मन जित्ने गरी काम गर्न जनप्रतिनिधिलाई सुझाव समेत दिनुभयो ।

प्रधानमन्त्रीपत्नी देउवाले प्रधानमन्त्री हुन सजिलो भए पनि जनचाहनाअनुसार काम गर्न गाह्रो हुने बताउनुभयो । प्रधानमन्त्री देउवा पाँचपटक प्रधानमन्त्री बनेको प्रसङ्ग कोट्याउँदै उहाँले भन्नुभयो, ‘गठबन्धनको सरकारमा सबैका चाहना र विचार हुन्छन्, त्यसलाई मिलाएर लैजान चुनौती छ ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x