२० बैशाख २०८३, आईतवार

देउवा सरकारको राष्ट्रवादी निर्णय : कम्युनिस्टको पालामा आएको एसपीपी खारेज

एसीपी संवाददाता

७ असार २०७९, मंगलवार ०५:०६ मा प्रकाशित

काठमाडौं । सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता प्रस्ताव खारेज गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी रद्ध गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

उनकाअनुसार एसपीपी अस्वीकृत गरेको जानकारी दिन अमेरिकालाई पत्र लेखेर पठाइनेछ । एसपीपी कम्युनिस्टहरुको पालामा नेपालमा आएको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा सेनाले एसपीपीमा सहभागी हुन पाउ भनेर पत्र पठाएको थियो । अमेरिकाले पनि प्रस्ताव स्वीकार गरेको थियो ।

अहिले देउवाको पालामा आएर उक्त सैन्य रणनीतिक प्रस्ताव खारेज गरिएको हो । देउवा सरकारको यो निर्णयलाई राष्ट्रवादी निर्णय भन्दै प्रशंसा सुरु भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x