१२ मंसिर २०८३, शुक्रबार

भूकम्प प्रभावित अफगानिस्तानको लागि एक करोड अमेरिकी डलर विनियोजन

एसीपी संवाददाता

१३ असार २०७९, सोमबार ०९:५५ मा प्रकाशित

एजेन्सी –  संयुक्त राष्ट्रसंघले संयुक्त राष्ट्रसंघको केन्द्रीय आपतकालीन प्रतिक्रिया कोष (यूएनसीईआरएफ) ले आइतबार अफगानिस्तानमा सहयोग गर्न एक करोड अमेरिकी डलर विनियोजन गरेको छ ।

अफगानिस्तानको पूर्वी भेगमा गएको भूकम्पबाट प्रभावित अफगानी जनतालाई सहयोग गर्न संयुक्त राष्ट्रसंघले बजेट विनियोजन गरेको हो ।

मानवीय मामिला तथा आकस्मिक उद्धार संयोजक तथा उप–महासचिवले मार्टिन ग्रिफिथ्सले भूकम्पका कारण प्रभावित अफगानिस्तानमा आवश्यक सहयोगका लागि तत्काल उक्त सहयोग पठाउन लागिएको बताएका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

“भग्नावशेषमा गाडिएका बालबालिकासहित सयौं मानिसहरूले ज्यान गुमाएका छन् । अन्य थुप्रै घाइते भएका छन् । घरहरू भत्किएका छन् ।

ग्रिफिथले एक ट्वीटमा लेखेका छन्, “भूकम्प अफगानिस्तानमाथि आइपरेको सबैभन्दा पछिल्लो दुःखद घटना हो मैले तत्काल मद्दत गर्न एक करोड अमेरिकी डलर विनियोजन गराएको छु ।”

भूकम्पबाट नराम्ररी प्रभावित जनतालाई ठूलो रकम उपलब्ध गराएर विश्वभरका विभिन्न संस्थाले सहयोग गर्दै आएको समय राष्ट्रसंघको पनि सहयोग आएको हो ।

बुधबार राजधानी शहर काबुललगायत अफगानिस्तानका केही भागहरूमा ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परी पाक्तिका प्रान्तका बारमल र गियान जिल्लाहरू र खोस्ट प्रान्तको स्पेरा जिल्लामा एक हजारभन्दा बढी मानिसहरूको मृत्यु भएको अनुमान गरिएको छ । यसबाहेक, सबैभन्दा बढी प्रभावित जिल्लाहरू बर्माल, गियान र स्पेरामा करिब एक हजार ५०० गम्भीर रूपमा घाइते भएका छन् । भूकम्पमा परी १० हजार भन्दा बढी घरहरू भत्किएका छन् ।

भारतले पनि तालिवान अधिकारीहरूको उपस्थितिमा शुक्रबार अफगानिस्तानलाई दोस्रो चरणको मानवीय सहयोग हस्तान्तरण गरेको थियो । (रासस/एएनआई)

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x