१२ मंसिर २०८३, शुक्रबार

कोलम्बियाको जेलभित्र हिंसात्मक प्रदर्शन हुँदा ५१ कैदी मारिए

एसीपी संवाददाता

१५ असार २०७९, बुधबार ०८:१६ मा प्रकाशित

कोलम्बियाको एक कारागारमा दंगा हुँदा ५१ जना मारिएका छन् । कोलम्बियाको तुलुवा सहरस्थित क्वेजोन सिटी जेलमा रातभर बन्दीहरूले प्रदर्शन गर्दा आगजनीसमेत भएको थियो ।

अधिकारीहरूका अनुसार यो कोलम्बियामा पछिल्लो समय भएका सबैभन्दा खराबमध्येको एक घटना हो । जेलभित्र दंगा हुँदा कैदीहरूले सुत्न र बस्न प्रयोग गरिने केही गद्दाहरू जलाएका थिए । यस क्रममा आगो फैलिएर ४९ जनाको घटनास्थलमै मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुई जनाको भने अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस घटनामा ३० जना घाइते भएका छन् । जहाँबाट अरु दर्जनौं बन्दीलाई सकुशल उद्धार गरिएको थियो ।

देशको दक्षिण-पश्चिम सहरमा रहेको उक्त जेलमा १ हजार २ सय ६७ बन्दी छन् । आगलागी भएको स्थानमा मात्रै १८० वटा घरहरू रहेको बताइएको छ । कोलम्बियाका प्राय: कारागारहरूमा क्षमताभन्दा ठूलो भीड हुने गरेको बताइन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x