१२ मंसिर २०८३, शुक्रबार

चन्द्रमा कब्जा गर्न खाेजेकाे अमेरिकी आराेपले चीन क्रुद्ध, जे मुखमा आयाे त्यही नबाेल्न चेतावनी

एसीपी संवाददाता

२१ असार २०७९, मंगलवार १०:१३ मा प्रकाशित

चन्द्रमाको जमिन कब्जा गर्न खोजेको अमेरिकाको आरोप चीनले खारेज गरेको छ  । अमेरिकी स्पेस एजेन्सी प्रमुखले चन्द्रमाको जमिन कब्जा गर्न चीनले सैन्य रणनीति अपनाइरहेको आरोप लगाएका थिए ।

नासाका एडमिनिस्ट्रेटर बिल नेलसनले एक जर्मन पत्रिकालाई अन्तर्वार्ता दिँदै ‘यो चिन्ताको विषय छ कि चीनले चन्द्रमाको जमिन कब्जा गर्न सैन्य रणनीति अपनाइरहेको छ’, भनेका थिए ।

उनले चन्द्रमाबाट टाढै रहन पनि चीनलाई चेतावनी दिएको विवरण समाचारमा उल्लेख गरिएको थियो । समाचार एजेन्सी रोयटर्सका अनुसार अन्तरिक्ष महाशक्ति बन्नका लागि चीनले यस्तो हर्कत गरिरहेको आरोप उनले लगाएका थिए ।

यसप्रति चीनले पनि कडा जवाफ फर्काएसँगै अब चीन र अमेरिकाबीच अन्तरिक्ष द्वन्द्व पनि सुरु भएको ठानिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले चीनलाई बदनाम गर्न अमेरिकाले यस्ता आरोपहरू लगाइरहेको बताए । उनले जथाभावी नबोल्न पनि अमेरिकी अधिकारीहरूलाई चेतावनी दिए ।

‘अमेरिकाले जे मुखमा आयो त्यही बोलिरहेको छ । यो चीनलाई बदनाम गर्ने प्रयास हो । केही अमेरिकी अधिकारी तथ्यहरू तोडमरोड गरिरहेका छन् । चीन यस प्रकारका गैरजिम्मेवार टिप्पणीको विरोध गर्छ’, उनले भने ।

चीनले सन २०१३ मा पहिलोपटक चन्द्रमामा मानवरहित यान उतारेको थियो । २०३० सम्म मानव मिशनलाई चन्द्रमामा उतार्ने उसको भावी योजना छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x