१२ मंसिर २०८३, शुक्रबार

पाकिस्तान का पुर्व प्रधानमन्त्री इमरान लागू औषध दुर्व्यसनी भएको आरोप

एसीपी संवाददाता

२३ असार २०७९, बिहीबार ०८:५३ मा प्रकाशित

एजेन्सी –  पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त पञ्जाबका गृहमन्त्री अता तराड ले पूर्व प्रधानमन्त्री इमरान खान माथि गम्भीर आरोप लगाएका छन् । तरार ले खान लागू औषध दुर्व्यसनी भएको आरोप लगाएका हुन् ।
उनले भने, ‘इमरान खान सुरुदेखि दुर्व्यसनी हुन् । सरकारलाई थाहा छ कि उनको भव्य घर बनीगालामा लागू औषध कसले पु¥याउँछ । चरेस र कोकिन बिना इमरान दुई घण्टा पनि बस्न सक्दैनन् ।’
इमरानमाथि लागू औषध प्रयोग गरेको आरोप लागेको यो पहिलोपटक भने होइन । यसअघि सन् २०२० मा पाकिस्तानका पूर्व तीव्र गतिका बलर सरफराज नवाजले सार्वजनिक रूपमा टिभी कार्यक्रममा यस्तो आरोप लगाएका थिए । त्यस्तै, इमरान की दोस्रो पत्नी रेहमले पनि खान लागू औषध दुर्व्यसनी भएको दाबी गरेकी थिइन्

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x