१२ मंसिर २०८३, शुक्रबार

जब चिनियाँ लडाकु विमान एलएसीमाथिबाट उड्यो‍…

एसीपी संवाददाता

२६ असार २०७९, आईतवार ०७:१२ मा प्रकाशित

गत जुन महिनामा पूर्वी लद्दाखको एलएसीमा एक चिनियाँ लडाकु विमान विवादित क्षेत्रको धेरै नजिकबाट उडेपछि भारतीय वायुसेना सतर्क भयो। सेनाले प्रतिरक्षा प्रणाली र लडाकू विमान तैनाथ गर्न थाल्यो । यो घटना २८ जुनको हो, जब पहिले नै चलिरहेको गतिरोधका बीच दुई देशबीच बढ्दो टकरावको स्थिति बनेको थियो।

अङ्ग्रेजी अखबार टाइम्स अफ इन्डियाको पहिलो पृष्ठमा यो समाचार प्रकाशित गर्दै भनेको छ, ‘२८ जुनको बिहान चिनियाँ लडाकु विमानले तनावको बिन्दुमा भारतीय सेनाको धेरै नजिक उडेको थियो। यसपछि भारतीय वायुसेनाले तुरुन्तै चिनियाँ समकक्ष समक्ष मुद्दा उठायो।’

स्रोतका अनुसार, ‘चिनियाँ विमानहरू नजिक आएसँगै वायुसेनालाई सतर्क गराइएको थियो र भारतका लडाकु विमानहरू पनि तयार थिए, तर त्यसपछि चिनियाँ विमान आफ्नो सीमामा फर्कियो ।’

यो घटना यस्तो बेला भएको थियो जब चीनको पिपुल्स लिबरेशन आर्मी र वायुसेनाले पूर्वी लद्दाखमा आफ्नो नियन्त्रणमा रहेको क्षेत्रमा अभ्यास गरिरहेका थिए । भारतले भन्यो कि सन् २०२० मा अप्रिल-मे महिनामा नै यस्तै अभ्यासमा चिनियाँ सेनाले पूर्वी लद्दाखको भारतीय क्षेत्रमा घुसपैठ गरेको थियो। त्यसयता दुवै देशले विवादित स्थानमा ठूलो संख्यामा सेना तैनाथ गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x