१२ मंसिर २०८३, शुक्रबार

राजदूत यान्छीले काठमाडौं छोडेपछि चिनियाँ प्रतिनिधिमण्डलको बिचल्ली, तनावमा जियान्चाओ !

एसीपी संवाददाता

२७ असार २०७९, सोमबार १४:२५ मा प्रकाशित

काठमाडौं । यतिखेर चिनियाँ कम्युनिस्ट पार्टीका प्रभावशाली नेता एवं विदेश विभाग प्रमुख लिउ जियान्चाओ काठमाडौंमा छन् ।

तीन दिने नेपाल भ्रमणमा आएका उनले राजनीतिक भेटघाट गरिरहेका छन् । तर चिनियाँ सत्तारुढ पार्टीका उच्च नेता तथा सरकारकै वरिष्ठ मन्त्रीस्तरका नेताको भ्रमणमा राजदूत साथमा छैनन् । यसअघि हरेक पटकका भिजिटमा राजदूत सँगै हुन्थे ।

तर यसपालि राजदूत नहुँदा सीपीसी विदेश विभाग प्रमुख लिउको प्रतिनिधिमण्डललाई भेटघाटमा सकस परेको छ । पार्टी तहको भेटघाट भएकाले यसमा परराष्ट्र मन्त्रालय संलग्न छैन । आफ्नै हिसाबले भेटघाटमा चिनियाँ प्रतिनिधिमण्डल छ । तर राजदूत नहुँदा प्रतिनिधिमण्डललाई भेटघाटमा अफ्ठेरो परेको छ ।

हुन त चिनियाँ दूतावासका कर्मचारी खटिएका छन् तर राजदूतजस्तो ओहदाको व्यक्ति हुँदा त्यसको महत्त्व छुट्टै हुन्छ । विदेश विभाग प्रमुख लिउ आइतबार बेइजिङबाट काठमाडौं प्रस्थान गर्दा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी बेइजिङमै थिइन् । यान्छीलाई कसैलाई जानकारी नदिएर डेढ महिनादेखि काठमाडौंबाट गायब भएर बेइजिङमा बसिरहेकी छन् ।

आफ्नो कार्यकालमा चरम असफलता, चिनियाँ भूमिका कमजोर हुनुले उनले केही समययता नेपाल छोडेकी छन् । बेइजिङमै भएकाले लिउको प्रतिनिधिमण्डलले यान्छीलाई साथमै लिएर आउन सक्थ्यो । तर चौतर्फी असफलताले नेपालबाट भागेर बेइजिङ पुगेकी यान्छी काठमाडौं आउन मानिनन् ।

चिनियाँ दूतावास स्रोतकाअनुसार यान्छी नआएपछि भेटघाटमा विदेश विभाग प्रमुख लिउ आफैले प्रोटोकलबाट तल झरेर आफै चाजोपाजो मिलाएका हुन् । उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री, एमाले र माओवादी अध्यक्ष, राष्ट्रपतिलाई भेट्ने समय मिलाएका छन् ।

       यसैबीच जसपामा चलेको बिवाद अहिले चरम सिमामा पुगेको छ     ।           तर भेटमा असहजता महसुस गरिरहेको लिउले प्रधानमन्त्रीलाई भेट्दा बालुवाटारमा भेटमा सहभागी एक नेपाली अधिकारीले जानकारी दिए ।

अध्यक्ष यादव आफैंले भट्टराईले छुट्टिने प्रस्ताव गरेको संसदीय दलको बैठकमा ब्रिफिङ गरेका थिए। यद्यपि भट्टराई पक्षले भने यसलाई ‘अतिरञ्जित’ प्रचारबाजी भनिरहेको छ।

१६ असारकै दिन जसपाले केन्द्रीय समिति बैठकको आह्वान गर्‍यो। असार २७–२८ गते वीरगञ्जमा बस्ने गरी जसपाले बैठकको आह्वान गरेको थियो। त्यसअघि भट्टराई पक्षले बैठक बोलाउन माग गरे पनि अध्यक्ष यादव टार्दै आइरहेका थिए। ‘सौहाद्रपूर्ण ढंगबाटै छुट्टिने’ भनिएको भट्टराईको प्रस्तावको भोलिपल्ट केन्द्रीय समिति बैठक बोलाउने निर्णय जसपाले गरेको थियो।

केन्द्रीय समिति बैठक बोलाउने प्रक्रियाप्रति भट्टराई पक्षको आपत्ति छ। पार्टी ‘हेड क्वार्टर’ को बैठकबाट एजेन्डा तय भएर केन्द्रीय समिति बोलाउने प्रक्रिया मिचिएको भन्दै भट्टराई पक्षले आपत्ति जनाएको छ।

जसपा ‘हेड क्वार्टर’ मा अध्यक्ष यादव, संघीय परिषद अध्यक्ष भट्टराई र वरिष्ठ नेता अकोश राई छन्। पार्टी बैठक बस्न नसकेको बेला महत्वपूर्ण निर्णय गर्ने अधिकार जसपाले ‘हेड क्वार्टर’ लाई दिएको छ।

वीरगञ्जमा २७–२८ गतेका लागि बोलाइएको बैठक २९–३० मा सारिएको छ। मुस्लिमहरूको पर्व बकरइदका कारण जनाउँदै बैठक सारिएको जसपा केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले बताएका छन्।

वीरगञ्जमा केन्द्रीय समितिको बैठक बोलाइएकै बेला भट्टराई पक्षले पनि छुट्टै बैठक बोलाइएको छ। भट्टराईका साथै उनलाई साथ दिइरहेका महिन्द्रराय यादव, राजकिशोर यादव समूहले काठमाडौंमा भेला बोलाएको हो।

यो समूहले उपेन्द्र पक्षभन्दा एक दिन अगावै असार २८–२९ गते काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ।

यादव र भट्टराई पक्ष दुवैले केन्द्रीय समिति बैठकमार्फत आ–आफ्नो पक्षमा रहेका केन्द्रीय सदस्यहरूको परीक्षण गर्न चाहेका छन्। बहुमत जुटाउन कसरत गरिरहेका छन्।

दुवै पक्षले केन्द्रीय समितिको आ–आफ्नो समूहको छुट्टाछुट्टै भेला डाकेपछि जसपाको विभाजनको औपचारिक विन्दु लगभग तय भइसकेको छ।

कुनै पक्षमा नखुलेका जसपा नेता डम्बर खतिवडा दुवै पक्षले छुट्टाछुट्टै बैठक डाकेपछि असार २८–३० को बीचमा राजनीतिक रूपमा जसपा विभाजित भइरहेको बताउँछन्।

‘कतातिर बहुमत पुग्छ, त्यसको कानुनी निरूपण कसरी हुन्छ भन्ने पाटोलाई छाडिदिने हो राजनीतिक रूपले जसपामा दोस्रो ठूलो विभाजन हुँदैछ,’ खतिवडा भन्छन्।

कुनै पक्षमा नखुलेका जसपा नेता डम्बर खतिवडा दुवै पक्षले छुट्टाछुट्टै बैठक डाकेपछि असार २८–३० को बीचमा राजनीतिक रूपमा जसपा विभाजित भइरहेको बताउँछन्।

‘कतातिर बहुमत पुग्छ, त्यसको कानुनी निरूपण कसरी हुन्छ भन्ने पाटोलाई छाडिदिने हो राजनीतिक रूपले जसपामा दोस्रो ठूलो विभाजन हुँदैछ,’ खतिवडा भन्छन्।

दोस्रो ठूलो विभाजनसँग उनको अन्तर्य छ – जसपा विभाजन भएर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठनसँग।

२०७६ वैशाख २३ गते तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकता भइ समाजवादी पार्टी बनेको थियो। त्यसको एक वर्षपछि २०७७ वैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी एकीकरण भएर जसपा बनेको थियो।

तर, एकता अधिवेशनसमेत नगर्दै जसपा टुक्रियो। गत वर्ष भदौमा यसबाट महन्थ ठाकुर नेतृत्वको समूह निस्किएर लोसपा बनिसकेको छ।

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकीकरण भएर जसपाको घोषणा भइरहँदा नेताहरूले नयाँ वैकल्पिक शक्तिको उदय भएको घोषणा गरेका थिए। त्यतिबेला उनीहरूले मधेस केन्द्रित अन्य पार्टीलाई पनि ‘एक नम्बर’ को पार्टी बनाउने अभियानमा सामेल हुन आह्वान गरेका थिए।

तर, एकता भएको तीन वर्षसम्म दुई पक्षबीच भावनात्मक एकता हुन सकेन। र, जसपा विभाजनको अन्तिम विन्दु कुरेर बसिरहेको छ।

यादव र भट्टराईबीच विचार र सिद्धान्त मिले पनि अधिकार बाँडफाँडलाई लिएर व्यक्तित्वको टकराव थियो।

‘समावेशी र सामूहिक’ नेतृत्वको तर्क गरेर भट्टराई आफू पनि कार्यकारी अधिकार लिन चाहिरहेका थिए। तर, यादव पक्ष भने यसका लागि तयार भएन। उनी पार्टीका सबै कार्यकारी अधिकारी आफूसँग राख्न चाहेका छन्।

महन्थ ठाकुर छँदासम्म द्विअध्यक्षीय प्रणालीमा हिँडेको जसपामा अहिले एकल नेतृत्व छ, यादवको।

त्यसैले संघीय परिषद अध्यक्ष भट्टराई सामाजिक सञ्जाल होस् वा सार्वजनिक फोरम हरेक ठाउँमा ‘एकल नेतृत्व कि समावेशी सामूहिक नेतृत्व?’ प्रश्न गर्ने गरेका छन्।

जसपाभित्र दुई दर्जन बढी साना–ठूला राजनीतिक दल तथा आन्दोलनकारी समूह मिसिएका थिए। मधेस विद्रोहको जगमा निर्माण भएको नेता कार्यकर्ता यसको सबैभन्दा ठूला हिस्सा थिए।

त्यसैगरी जनजाति आन्दोलनका साथै थरूहटदेखि पूर्वको लिम्बुवान आन्दोलनसम्मका समूह यसमा थिए। नयाँ शक्ति पार्टीको एकतापछि पूर्वमाओवादीको हिस्सा पनि यसमा थपियो।

गञ्जागोल पृष्ठभूमिहरूको फरक मनोविज्ञानलाई व्यवस्थापन गर्न चुक्यो। वा त्यसतर्फ ध्यानै दिएन।

जसपाका शीर्ष नेताहरू बीच एकता र विश्वासको कमी सँधै रहिरह्यो। एकीकृत ढंगबाट हिँड्नभन्दा शीर्ष नेता आ–आफ्नै हिसाबले अघि बढ्ने कार्यलाई प्राथमिकतामा राखे।

तीन वर्षको दौरानमा जसपा चरम गुटबन्दीबाट गिजोलियो। अधिकार बाँडफाँडका कुरा त छँदै थिए सांसदहरूको मन्त्री बन्ने व्याप्त आकांक्षाका कारण जन्मिएको तीन वर्षमै गुटबन्दीको शिकार बन्यो, जसपा।

मन्त्री बन्नकै लागि सांसदहरू आज यो समूहमा देखिन्थे भने भोलिपल्ट अर्को समूहसँग निकट भइसकेका हुन्थे। त्यस्ता सांसदहरूलाई टेकेर शीर्ष नेतृत्व एकले अर्कालाई सिध्याउने रणनीति बुनिरहे।

मन्त्रिपरिषद पुनर्गठन हुनु एक साताअघिसम्म इस्तियाक राई र प्रदीप यादव संघीय परिषद अध्यक्ष भट्टराईसँग देखिन्थे। यहाँसम्म कि अध्यक्ष यादवले मनोमानी गरे विभाजनका लागि भट्टराईलाई उक्साउनेहरू पनि उनीहरू नै रहेको जसपाका नेताहरू बताउँछन्।

महिन्द्रराय, राजकिशोर, इस्तियाक, प्रदीपलगायतका सांसदहरूको साथ पाएपछि पार्टीभित्र आफू बलियो ‘पोजिसनमा’ रहेको भट्टराईलाई लागेको थियो। त्यसैले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेरै मन्त्रिपरिषद पुनर्गठनमा अध्यक्ष यादवमात्रको हस्ताक्षर नमान्न ध्यानाकर्षण गराएका थिए, उनले।

तर, यस घटनाक्रममा भट्टराईभन्दा बढी ‘चुतर’ सावित भइदिएका छन्, अध्यक्ष यादव। पार्टीभित्र ‘विद्रोही’ को संज्ञा पाएका इस्तियाक र प्रदीपलाई मन्त्री बनाएर।

मन्त्री बनेसँगै उनीहरू भट्टराईको साथलाई तत्कालका लागि विश्राम दिइसकेका छन्। र, आसन्न केन्द्रीय समिति बैठकमा यी दुवै नेता वीरगञ्जमै देखिने निश्चित प्रायः छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x