१२ मंसिर २०८३, शुक्रबार

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नेपाल आउँदै

एसीपी संवाददाता

२७ असार २०७९, सोमबार १९:३२ मा प्रकाशित

काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नेपाल भ्रमणमा आउने भएका छन् ।

उत्तर प्रदेशमा दोस्रोपटक मुख्यमन्त्री बनेका योगी पशुपतिनाथ मन्दिरको दर्शन तथा राजनीतिक भेटघाटका लागि नेपाल भ्रमणमा आउन लागेको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

फाईल तस्बिर / प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएका बेला उत्तर प्रदेशका मुख्यमन्त्रीले स्वागत गरेको तस्बिर

उत्तर प्रदेशको मुख्यमन्त्री बनेपछि मुख्यमन्त्री आदित्यनाथ नेपाल भ्रमणमा आएका छैनन् । उनी नेपाल सरकारको निम्तोमा नेपाल आउन लागेको बताइएको छ ।

उनी साउनको अन्तिम सातातिर काठमाडौं आउनेगरी तयारी भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x