१२ मंसिर २०८३, शुक्रबार

चीन र पाकिस्तानले सामुद्रिक अभ्यास प्रत्यक्ष फायर ड्रिल शुरु गर्ने

एसीपी संवाददाता

२८ असार २०७९, मंगलवार ०७:३३ मा प्रकाशित

एजेन्सी । चीन र पाकिस्तानका नौ सेनाहरूले सी गार्डियन्स–२ नामक चार दिने संयुक्त सामुद्रिक अभ्यासको एक भागको रूपमा मङ्गलबार प्रत्यक्ष फायर ड्रिल शुरु गर्ने तयारी गरेका छन्।

अभ्यासमा सहभागी जहाजहरू सांघाईको सैन्य बन्दरगाहबाट निर्धारित समुद्री क्षेत्रतर्फ प्रस्थान गर्नेछन्।

यस संयुक्त अभ्यासको उद्देश्य रक्षा सहयोग, विशेषज्ञता र अनुभवको आदानप्रदान, दुई देश र सेना बीचको परम्परागत मित्रतालाई थप प्रगाढ बनाउने र चीन–पाकिस्तान बीचको मौसमी रणनीतिक सहकारी साझेदारीको विकासलाई प्रवर्द्धन गर्ने लक्ष्य रहेको बताइएको छ ।

सो क्रममा व्यावसायिक र प्राविधिक आदानप्रदान, टग अफ वार र बास्केटबल खेल सोमबार सम्पन्न भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x