२ आश्विन २०८३, शुक्रबार

जयेन्दु बाल सुधार गृहको ५ दिने नव चेतना योग शिविर सम्पन्न

एसीपी संवाददाता

२९ असार २०७९, बुधबार १६:०० मा प्रकाशित

नेपालगन्ज ः बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार
गृहमा सञ्चालन गरिएको ५ दिने नव चेतना योग शिविर सम्पन्न भएको छ ।
द आर्ट अफ लिभिङ नेपालगन्जले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र
प्रिजन फाउण्डेसनको सहयोगमा सञ्चानल गरेको पाँच दिने शिविरको जिल्ला
न्यायाधीश षडानन्द तिवारीले मंगलबार समापन गर्नु भएको हो । न्यायाधीश
तिवारीले सकारात्मक सोच र सकारात्मक कर्म हुने हो भने कहिल्यै पनि तनाव नहुने
बताउनु भयो । उहाँले भन्नुभयो, ‘सुधार गृहमा बस्दा केही स्वतन्त्रताहरु मात्र
खुम्चिए पनि अरु कुराहरु नरोकिएकाले राम्रो काम गरेर समाजमा पुनस्र्थापित हुनुहोस्
।’ सुधार गृहमा योग शिविर सञ्चालन गर्नु अत्यन्तै सह्रानीय काम भएको बताउँदै
उहाँले सहभागीहरुलाई सिकेको कुरालाई हरेक दिन व्यवहारमा उतार्न आग्रह
गर्नुभयो ।
सोही कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बाल सुधार
गृहका बालकलाई भविष्यमा सक्षम, योग्य र असल बनेर घर, परिवार र समाजमा उदाहरणीय
बन्न आग्रह गर्नुभयो ।
जयेन्दु बाल सुधार गृहलाई साढे ४ बिगाह जग्गा दान दिने जयकिशन सिंहको
अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाँके प्रहरीका प्रवक्ता डीएसपी मधुसुधन
न्यौपाने, जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्दप्रसाद पाण्डे, द आर्ट
अफ लिभिङ नेपालगन्जका संयोजक संजय थापा, अधिवक्ता वसन्त गौतम, हरित
अभियन्ता हेमन्त कर्माचार्य, सुधार गृहका इन्चार्ज विमला काउचा मगर, शिविरका सहजकर्ता
शंकरप्रसाद खनाल, तालिमका सहभागी लगायतले योग ध्यान र यसको फाइदाका
विषयमा धारणा राखेका थिए ।
शिविरमा द आर्ट अफ लिभिङका स्वयंसेवकद्वय शंकरप्रसाद खनाल र सुधीर गौतमले
सहजीकरण गर्नु भएको थियो । शिविरमा योग, ध्यान, प्राणायाम, अध्यात्मिक ज्ञान,
मनोरञ्जनमूलक खेल, सत्सङ, सेवाका कार्यक्रमहरु सञ्चालन गरिएको सहजकर्ता गौतमले
जानकारी दिए । शिविरमा १२–१८ वर्ष उमेर समूहका ६८ जना बालकहरु सहभागी भएका  ००००
आर्ट अफ लिभिङद्वारा बाँकेको जयेन्दु बाल
सुधार गृहमा वृक्षारोपण
नेपालगन्ज ः द आर्ट अफ लिभिङ नेपालगन्जले बाँकेको बाल सुधार गृहमा
वृक्षारोपण गरेको छ ।
डुडुवा गाउँपालिका–६ आसमानपुरमा रहेको सुधार गृहमा आयोजना गरिएको नव चेतना
शिविरको समापनको अवसरमा मंगलबार वृक्षारोपण गरिएको हो । जिल्ला न्यायाधीश
षडानन्द तिवारी, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, बाँके प्रहरी
प्रवक्ता डीएसपी मधुसुधन न्यौपाने, जिल्ला हुलाक कार्यालय बाँकेका प्र्रमुख
गोविन्दप्रसाद पाण्डे, आर्ट अफ लिभिङ नेपालगन्जका संयोजक संजय थापा,
अधिवक्ता वसन्त गौतम, हरित अभियन्ता हेमन्तराज काफ्ले, बाल सुधार गृहका
जग्गादाता जय किसन सिंहलगायतले वृक्षारोपण गरेका थिए । डिभिजन वन कार्यालय
बाँके र हरित अभियन्ता काफ््लेले सितल चिनी, जामुन, लगायतका विभिन्न थरीका ४५
वटा विरुवा सहयोग गरेका थिए ।
०००
बाल सुधार गृहलाई पुस्तक सहयोग
नेपालगन्ज ः बाँकेको जयेन्दु बाल सुधार केन्द्रको पुस्तकालयलाई पुस्तक
सहयोग गरिएको छ ।
जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्दप्रसाद पाण्डेले मंगलबार सुधार
गृहकी इन्चार्ज विमला काउचा मगरलाई १३ वटा पुस्तक हस्तान्तरण गरेका हुन् ।
सकारात्मक सोच, जीउने कला, अध्यात्म, योग, सीपमूलक तालिम, कृषि, लोकसेवा
आयोग तयारी, कम्प्युटर शिक्षालगायतका विषयका पुस्तक रहेका छन् । कार्यक्रममा
प्रमुख पाण्डेले सुधार गृहका लागि पुस्तक संकलन अभियान नै सञ्चालन गर्ने प्रतिबद्धता

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x