१३ आश्विन २०८३, मंगलवार

भारतमा कोरोना संक्रमण घट्दै, दक्षिण कोरियामा बढ्दै

एसीपी संवाददाता

३० असार २०७९, बिहीबार ०८:१३ मा प्रकाशित

एजेन्सी –  भारतमा कोरोना संक्रमितको संख्या क्रमशः घटिरहेको छ भने दक्षिण कोरियामा बढिरहेको छ। सोमबारको तुलनामा मंगलबार तीन हजार ६३ जना कम संक्रमण पुष्टि भएको हो। बितेकाे २४ घण्टामा १३ हजार ६१५ जना संक्रमित फेला परेका छन्।

हाल भारतमा कोरोनाका कुल संक्रमितको संख्या चार करोड ३६ लाखभन्दा बढी पुगेकाे समाचारमा जनाइएको छ। यहाँ एक लाख ३१ हजार ४३ सक्रिय संक्रमित रहेका छन्। यो कुल संक्रमितको ०.३० प्रतिशत हो। करिब चार महिनापछि १२ दिनयता सक्रिय संक्रमितको संख्या एक लाखभन्दा बढी भएको छ।
पछिल्लो एक दिनमा १३ हजार २६५ कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्। योसँगै भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाको कुल संख्या चार करोड २९ लाख ९६ हजार ४२७ पुगेको छ। कोरोना भाइरस निको हुने यो दर ९८.५० प्रतिशत रहेको छ।

बितेकाे २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ। कोरोना महामारीका कारण पाँच लाख २५ हजार चार सय ७४ भन्दा बढीको मृत्यु भएको छ। सोमबार चार लाख २१ हजार दुई सय ९२ कोरोना परीक्षण गरिएको थियो। हालसम्म ८६ करोड ७३ लाखभन्दा बढीको कोरोना परीक्षण भएको छ।

भारतमा सन् २०२१ को जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो। हालसम्म कोरोनाविरुद्ध एक अर्ब ९८ करोड ८८ लाख ७७ हजार ८६३ मात्रा खोप लगाइएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x