१२ मंसिर २०८३, शुक्रबार

काेविडका बेला सिमा बन्द गर्न लगाइएकाे तारवार हट्याे

एसीपी संवाददाता

४ श्रावण २०७९, बुधबार ०९:१२ मा प्रकाशित

कपिलवस्तु , ।  काेविड महामारीमा नेपाल -भारत सिमा बन्द भएका बेला क्षेत्रमा लगाइएकाे तारवार दुई देशका सुरक्षा निकायकाे सहमतिमा हटाइएकाे छ ।

काेविड संक्रमणका बेला देशभरि लकडाउन र अन्तर्राष्ट्रिय सिमा बन्द गरिएकाे थियाे । त्यहीबेला जिल्लाकाे कृष्णनगर बार्डर क्षेत्रकाे दशगजामा मान्छे ओहाेरदाेहाेर राेक्न लगाइएका तारवार दुई देशका सुरक्षा प्रमुखकाे आपसी समझदारीमा हटाइएकाे छ ।
भारतकाे जिल्ला सिद्धार्थनगरका सहायक जिल्ला अधिकारी उत्कर्ष श्रीवास्तव , एसएसबी बलरामपुरका कमान्डेन्ट अशाेक विस्वास र नेपालका तर्फबाट सशस्त्र प्रहरी उपरिक्षक सुर्य बहादुरसेन ओलीसंग समन्वयात्मक बैठकमा काेविडका समय सिमा बन्द गर्न भारतकाे एसएसबीले लगाइएकाे तारवार तथा अस्थायी चेकपाेष्ट हटाउने सर्वसम्मतले निर्णय गरिएकाे स्राेतले जनाएकाे छ ।
जिल्लामै सबभन्दा नजिककाे बजार कृष्णनगर र बढनी रहेकाेले आन्तरिक सुरक्षाका साथै सिमा सुरक्षा पनि राष्ट्रिय चासाेकाे बिषय नै रहेकाे छ तसार्थ दशगजा क्षेत्रमा आवश्यक समन्वय र सहकार्य गरि नै अगाडि बढ्दै आइएकाे बिओपी कृष्णनगरका प्रमुख प्रकाश आचार्यले बताउनुभयाे ।

नेपाल-भारतकाे खुला सिमानाका कारण तस्कारी नियन्त्रण तथा सुरक्षा चुनाैति एवं दुई देशबीचकाे सुरक्षामा दखल गर्ने अपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा निकायहरुकाे पारस्परिक बैठकले उल्लेखनीय भुमिका खेल्दै आएकाे छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x