१२ मंसिर २०८३, शुक्रबार

भारतमा ट्रकले तीर्थयात्रीकाे समूहलाई ठक्कर दिदा ६ जनाकाे मृत्यु

एसीपी संवाददाता

८ श्रावण २०७९, आईतवार २३:१६ मा प्रकाशित

एजेन्सी – भारतको हरिद्वारबाट भोपालतर्फ गइरहेको ‘कन्वर यात्रा’ का तीर्थयात्रीहरूको समूहलाई ट्रकले ठक्कर दिंदा ६ जनाको मृत्यु भएको छ ।

उत्तर प्रदेशको हाथरस जिल्लामा तीव्र गतिमा आएको ट्रकले ठक्कर दिदा उनीहरूको मृत्यु भएको हो । ५ जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जनाइएकाे छ ।

तीर्थयात्री हरिद्वारबाट ग्वालियरतर्फ गइरहेका थिए । ठक्कर दिने ट्रकका चालक फरार रहेकाे र निजको खोजी कार्य भइरहेको भारतीय संचार माध्यमले जनाएका छन् । कन्वर यात्रा भगवान शिवका भक्तहरूद्वारा गरिने वार्षिक तीर्थयात्रा हो ।

कोभिड–१९ का कारण बन्द भएको कन्वर यात्रा दुई वर्षपछि सुरु भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x