१२ मंसिर २०८३, शुक्रबार

नागरिकतासम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पनि बहुमतले पारित

एसीपी संवाददाता

१३ श्रावण २०७९, शुक्रबार ०३:५५ मा प्रकाशित

काठमाडौँ – नागरिकतासम्बन्धी विधेयक आज (बिहीबार) राष्ट्रिय सभाबाट पनि पारित भएको छ । बिहीबार गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । त्यसमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ध्वनिमतका आधारमा बहुमतले पारित भएको घोषणा गरेका थिए ।

यसअघि नागरिकता सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित भएको थियो । प्रतिनिधि सभाले संदेशसहित पठाएको विधेयक राष्ट्रिय सभाले पनि बहुमतका आधारमा पारित गरेको हो । यससँगै नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक अब ऐन बनेको छ । राष्ट्रिपति प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x