यदि एनडीए (भाजपासहित) गठबन्धनको सीट जोड्ने हो भने यो आँकडा ३५० पुग्ने सर्वेक्षणले देखाएको छ । २०१४ मा बीजेपीको २९२ सीट आएको थियो । २०१९ मा ३०३ सीट जितेकोमा अब आगामी लोकसभा चुनावमा अझै बढाएर बीजेपीले अहिलेसम्मका सबै रेकर्ड तोड्ने देखिएको छ ।
दक्षिण भारतका राज्यमा भने बीजेपीको बलियो उपस्थिति नहुने सर्वेक्षणको निष्कर्ष छ । तर उत्तरका राज्यहरुमा बीजेपीको बलियो प्रभाव कायमै रहने छ । कयौं राज्यमा बीजेपी २०१९ भन्दा पनि राम्रो प्रदर्शन गर्ने आकलन गरिएको छ । साउथका राज्यहरु तेलंगाना र कर्नाटकमा बीजेपी संघर्षरत हुनेछ । बाँकी पूरै भारतका हरेक राज्यमा बीजेपीलाई फाइदा हुने अवस्था छ ।
विपक्षी यूपीए गठबन्धनले पाउने ९७ सीटमा राहुल गान्धीको कंग्रेस आईलाई ३९ सीट जित्ने पोलले देखाएको छ । यो सर्वेक्षण इण्डिया टिभी मैटराइजले गरेको हो । यो पोलमा विभिन्न प्रश्नहरु गरिएको थियो ।
गुजरातमा बीजेपी कुल २६ सीट नै जित्ने ओपनियन पोलले देखाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा ६१ प्रतिशत मत बीजेपीले पाउने र ३५ प्रतिशत मत कंग्रेसले पाउने देखिएको छ । महाराष्ट्रमा २०१९ मा २८ प्रतिशत मत पाएको बीजेपीले यसपालि बढाएर ३६ प्रतिशत पुर्याउने पोलले देखाएको छ ।
यहाँ शिवसेनाको एकनाथ शिन्दे गुटलाई २०१९ को सात प्रतिशतबाट बढेर १७ प्रतिशत मत प्राप्त हुने सर्वेक्षणको निष्कर्ष छ । शिन्दे गुटले यहाँ अहिले बीजेपीसँग सहकार्य गरेको छ । महाराष्ट्रको कुल ४८ सीटमा बीजेपीले २६ सीट जित्न सक्छ ।
उद्धव ठाकरे गुटले तीन सीट, एकनाथ शिंदे गुटले ११ सीट जित्ने देखिएको छ । एनसीपीले एक प्रतिशत मत पाउने र ठाकरेले तीन प्रतिशत मत पाउने देखिएको छ । गोवाको कुन दुई सीटमा ओपिनियन पोलले दुबै सीट बीजेपीले जित्ने देखाएको छ ।
राजस्थानमा बीजेपीले क्लीन स्वीप गर्ने देखिएको छ । अर्थात कुल २५ सीट नै बीजेपीले जित्ने देखिएको छ । २०१९ मा पनि बीजेपीले कुन २५ सीट नै जितेको थियो । मध्य प्रदेशमा कुल २९ सीटमा बीजेपी २८ सीटमा जित्नसक्ने पोलको नतिजा छ । कांग्रेसलाइ एक सीट प्राप्त हुने देखिन्छ ।
पश्चिम बंगालमा कुन ४२ सीटमा ममता बनर्जीको टीएसमसीले २६, बीजेपीले १४ सीट जित्ने आकलन छ । उत्तर प्रदेशमा भाजपालाई कुल ८० सीटमा ७६ सीट प्राप्त हुने देखिएको छ । अखिलेश यादवको पार्टीले दुई र कांग्रेसले दुई सीट जित्ने देखिन्छ ।
पश्चिम बंगालमा कुन ४२ सीटमा ममता बनर्जीको टीएसमसीले २६, बीजेपीले १४ सीट जित्ने आकलन छ । उत्तर प्रदेशमा भाजपालाई कुल ८० सीटमा ७६ सीट प्राप्त हुने देखिएको छ । अखिलेश यादवको पार्टीले दुई र कांग्रेसले दुई सीट जित्ने देखिन्छ ।
बिहारमा बीजेपीको आकार बढेर २१ सीटमा पुग्ने देखिएको छ । जेडीयूलाई १४ र राजदलाई ४ सीट मिल्ने देखिन्छ । कांग्रेसले एक सीट जित्ने देखिन्छ । पंजाबमा लोकसभाका कुल १३ सीटमा आम आदमी ५ सीट जित्ने देखिन्छ । बीजेपीले तीन सीट जित्न सक्छ ।
अकाली दल सुखबीर सिंह बादल एक सीट र कांग्रेसले तीन सीट जित्ने देखिन्छ । हरियाणामा कुलन १० सीटमा बीजेपीले ९ सीट जित्न सक्छ । कांग्रेसले एक जित्नेछ । जम्मू कश्मीर लद्दाखमा ६ सीटमा बीजेपीले तीन सीट जित्ने देखिन्छ ।
तेलंगानामा कुल १७ सीटमा केसीआरलाई ८ सीट, बीजेपीलाई ६ सीट मिल्न सक्छ । कांग्रेसलाई दुई सीट मिल्नेछ । आंध्र प्रदेशमा बीजेपीलाई खाता खोल्नै कठिन देखिएको छ । कुल २५ सीटमा जगन मोहन रेड्डीलाई १९ सीट, टीडीपी यानी चंद्र बाबू नायडूलाई ६ सीट मिल्ने देखिन्छ ।
कर्नाटकमा कुल २८ सीटमा बीजेपी कुल २३ सीटमा जित्ने देखिन्छ । चार सीटमा कांग्रेस, एसडी कुमारस्वामी एक सीट जित्ने देखिन्छ । तमिलनाडुमा पनि बीजेपी शून्य अवस्थामा देखिन्छ । कुल ३९ सीटमा यूपीएको खातामा ३८ सीट र एनडीएको खाता एक सीट देखिन्छ ।
केरलमा कुल २० सीटमा बीजेपीले खाता नखुल्ने देखिन्छ । केरलको २० सीट नै कांग्रेसले जित्ने देखिन्छ ।