१२ मंसिर २०८३, शुक्रबार

भ्रष्टाचारको आरोप लागेका भारतीय सांसदलाई अदालतमा उपस्थित गराइँदै

एसीपी संवाददाता

१७ श्रावण २०७९, मंगलवार ०६:४३ मा प्रकाशित

एजेन्सी – भ्रष्टाचारको आरोपमा लागेका भारत महाराष्ट्रका प्रभावशाली नेता सञ्जय राउत  अदालतमा उपस्थित हुने भएका छन्

भारत महाराष्ट्रको शक्तिशाली पार्टी शिवसेनाका प्रभावशाली नेता राउत भ्रष्टाचार तथा मुद्रा अपचलनको मुद्दामा पक्राउ परिसकेका छन् । केही दिन यता नेता राउतसँग सोधपुछ गरिरहेको प्रवर्तन निर्देशनालय (इडी) ले राउतलाई आइतबार पक्राउ गरेको हो । उनलाई सोमबार अदालतमा उपस्थित गराएर म्याद थप्ने तयारीमा इडी रहेको जनाइएको छ ।

इडीको टोलीले आइतबार उनको घरमा छापा समेत मारेको थियो । साेही क्रममा उनको घरबाट केही नगद बरामद गरेको जनाइएको छ । पात्राचाल हाउजिङ विकास कार्यक्रममा भएको ११ हजार करोडको घोटालामा नेता राउत संलग्न रहेको आरोप लगाइएको छ ।

नेता राउतले भाइ प्रवीण राउत मार्फत ठेक्कापट्टाको काम गराएर ठूलो रकम हात पारेको आरोपमा इडीले छानविन गर्दै आएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x