चीन-अमेरिका आमने सामने : ‘एक चीन नीति’ उल्लंघन भएकोमा चीन बन्यो आगो
काठमाडौं । चीनको कडा विरोधको बावजुद पनि अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभ न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेकी छन् । यस कदमले ‘एक चीन नीति’को गम्भीर रूपमा उल्लंघन गरेको बताइएको छ । यसले द्वेषपूर्ण रूपमा चीनको सार्वभौमसत्ताको उलङ्घन गरेको छ । पेलोसीको भ्रमणले स्पष्ट रूपमा राजनीतिक उत्तेजना फैलाएको छ । चिनियाँ जनताहरुमा यस घटनाप्रति घृणाबाहेक केही छैन ।
भ्रमणले फेरि एकपटक केही अमेरिकी राजनीतिज्ञहरू चीन–अमेरिका सम्बन्ध बिगार्न उद्दत छन् भन्ने देखाएको छ । साथै यो घटनाले संयुक्त राज्य अमेरिका ताइवान स्ट्रेट वारपारको शान्ति र क्षेत्रीय स्थायित्वको ठूलो ‘विनाशक’ भएको पुष्टि गरेको छ ।
अमेरिकाले चीनको पुनः एकीकरणमा अवरोध पुर्याउने सपना पनि देख्नुहुँदैन । ताइवान चीनकै भूगोल हो । चीनको पूर्ण पुनः एकीकरण इतिहासको अपरिहार्यता हो । हामी ‘ताइवान स्वतन्त्रता’ शक्ति र बाह्य हस्तक्षेपको लागि कुनै ठाउँ छोड्ने छैनौं ।
संयुक्त राज्य अमेरिकाले ‘ताइवान स्वतन्त्रता’ शक्तिलाई जति सहयोग गरे पनि उसको केही लाग्दैन । अमेरिकाले इतिहासमा अन्य देशको आन्तरिक मामिलामा गम्भिर हस्तक्षेप गरेको कुरूप इतिहासमा थप नयाँ रेकर्ड मात्र छोड्नेछ ।
चीन कमजोर र अराजकमा फसेको समयमा ताइवान समस्या उत्पन्न भएको थियो र राष्ट्रिय सशक्तीकरणसँगै यसको अन्त्य हुनेछ । अमेरिकाले चीनको विकास र पुनरुत्थानलाई कमजोर बनाउने स्वैरकल्पना गर्नु हुँदैन । चीनले आफ्नो राष्ट्रिय परिस्थितिअनुसार विकासको उपयुक्त बाटो पहिल्याएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा १ अर्ब ४० करोड चिनियाँ जनता चिनियाँ विशेषतायुक्त आधुनिकीकरणतर्फ अघि बढिरहेका छन् । हामी हाम्रो देश र राष्ट्रको विकास आफ्नै बलको आधारमा अघि बढाउछौं र अन्य मुलुकहरूसँग शान्तिपूर्ण रूपमा सहअस्तित्वमा रहन र मिलेर विकास गर्न इच्छुक छौं । तर हामी कुनै पनि देशलाई चीनको स्थायित्व र विकासलाई कमजोर पार्ने अनुमति दिने छैनौं ।


