८ आश्विन २०८३, बिहीबार

भारतको सहयोगमा नुवाकोटको विदुर नगरपालिका मा निर्मित त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयको भवन उदघाटन

एसीपी संवाददाता

२९ श्रावण २०७९, आईतवार ०८:०४ मा प्रकाशित

भारतको सहयोगमा नुवाकोटको विदुर नगरपालिकामा निर्मित त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयको भवन उदघाटन गरिएको छ।

भारतीय दुतावासका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजिन्द्र विक्रम सिंह ठकुरीले संयुक्त रुपमा भवनको उद्घाटन गरेका हुन। कार्यक्रममा विदुर नगरपालिकका मेयर राजन श्रेष्ठ, राजनीतिक दलका नेता, शिक्षाविद्, सरकारी अधिकारी र नागरिक समाजका प्रतिनिधिको उपस्थिति थियो ।
भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत नेपाली २ करोड ५० लाखको लागतमा उक्त भवन निर्माण भएको हो। सामुदायिक विकास परियोजनाको रुपमा भवनको निर्माण भएको दुतवासले जनाएको छ। भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘इण्डिया एट आजादी का अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उदघाटन गरिने ७५ परियोजनाहरु मध्येको यो एक हो ।
सन् १९५१ मा स्थापना भएको यो विद्यालयको भवन भारतीय इन्जिनियर श्री केआई सिंहले डिजाइन गरेका हुन् । यस विद्यालयमा १ हजार ३४३ भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। जसमध्ये ६० प्रतिशत छात्रा छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x