१२ मंसिर २०८३, शुक्रबार

चीन संलग्न परियोजना अघि नबढ्ने , नेपालीले अझै दु:ख पाउने

एसीपी संवाददाता

६ भाद्र २०७९, सोमबार १९:३६ मा प्रकाशित

चिनियाँ अनुदानमा बनिरहेका र अध्ययन भइरहेका परियोजनाले तत्काल गति नलिने भएको छ । चीनले कोरोना महामारी साम्य भएर जोखिम हटेपछि मात्रै परियोजनाहरु अघि बढाउने बताएको छ ।         

काठमाडौं । चिनियाँ अनुदानमा बनिरहेका र अध्ययन भइरहेका परियोजनाले तत्काल गति नलिने भएको छ । चीनले महामारी साम्य भएर जोखिम हटेपछि मात्रै परियोजनाहरु अघि बढाउने बताएको छ ।

गत १५ साउनमा परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमणमा चीनले यस्ता परियोजनाहरुको काम महामारीको जोखिम हटेपछि मात्रै अघि बढाउने जानकारी गराएको हो । परराष्ट्रमन्त्रीको प्रतिनिधि मण्डलमा रहेका एक अधिकारीका अनुसार चीनले महामारीका कारण आफ्नो प्रटोकल अनुसार काम गर्न नसकिएको बताएको छ ।  परराष्ट्रमन्त्रीले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटेका थिए । बेइजिङस्थित नेपाली दूतावासका अनुसार सो वार्तामा चिनियाँ पक्षले काठमाडौं चक्रपथ विस्तार परियोजना (कलंकी–महाराजगञ्ज–धोबीखोला खण्ड) को निर्माण थाल्ने बताएको छ भने केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि अनुदान सहायता दिने दोहोर्‍याएको थियो । नेपाल-चीन क्रस बोर्डर ट्रान्समिसन लाइनको पूर्व सम्भाव्यता अध्ययनमा पनि सहयोग गर्ने बताएको छ ।

महामारीको अन्योल कायम रहेकाले औपचारिक रुपमा मिति नतोकिएको भ्रमणमा सहभागी ती अधिकारीले बताए । गत ११ चैत २०७८ मा वाङ यीको भ्रमणमा आएर फर्किएपछि नेपाल र चीनले संयुक्त प्रयासमा अघि बढाउन खोजेका विभिन्न आयोजना अघि बढ्ने विश्वास थियो । तर, ४ महिनामा यसबारे ठोस प्रगति भएको छैन ।

करिब अढाई वर्षदेखि चीनले आफैं गरिदिने गरी जिम्मा लिएका परियोजनामा गर्नुपर्ने कामबाट पन्छिरहेको छ । दैलेखमा चीन सरकारको सहयोगमा भइरहेको पेट्रोलियम अन्वेषणबाहेकका परियोजनाहरु अहिले पनि महामारी सुरु हुनुभन्दा अघिकै अवस्थामा छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x