१२ मंसिर २०८३, शुक्रबार

जनताको साथमा कांग्रेस’ अभियानका लागि बाँकेमा दीपक गिरी

एसीपी संवाददाता

८ भाद्र २०७९, बुधबार ०७:११ मा प्रकाशित

नेपालगञ्ज । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले  ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्दैछ ।

कांग्रेसले १० भदौबाट अभियान सुरु गर्न लागेको हो । भदौ २४ सम्म चल्ने अभियानका लागि कांग्रेसले ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि तोकिसकेको छ ।

बाँकेमा केन्द्रीय प्रतिनिधिका रुपमा केन्द्रीय सदस्य दीपक गिरी खटाइएका छन् । जिल्ला सभापति नारायणप्रसाद गौडेलले गिरी केन्द्रीय प्रतिनिधिका रुपमा आउन थालेको जानकारी दिए ।  स्थानीय निर्वाचन लक्षित ‘घर घर जाऔं-कांग्रेस जिताऔं’ अभियानका लागि पनि गिरी बाँकेमै खटिएका थिए ।

केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएका केन्द्रीय सदस्यहरूले जिल्लाका वस्तुगत स्थिति र चुनावमा पार्टीको पोजिसनबारे पार्टीलाई रिपोर्टिङ गर्नुपर्नेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x