मौलिक शैलीमा पतिसँग तीज मनाउँदै आरजु, नक्कली कम्युनिस्टजस्ताे छैन तडकभडक
काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानमन्त्री पत्नी आरजु राणाले तीज पर्व मनाएका छन् ।
राष्ट्र प्रमुखकाे आम हिन्दु तथा नेपाली महिलाकाे पवित्र चाड हरितालिकाका अवसरमा पुजापाठ गरेर शुभकामना र एकताकाे सन्देश दिएका हुन् ।
मंगलबार कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी राणाले आफ्नो फेसबुक पेजमार्फत आफू र प्रधानमन्त्री देउवाको सेल्फी फोटो राखेर दुबैका तर्फबाट शुभकामना दिएकी हुन् । याे तस्बिरले दुइटा कुरा झल्काउँछ । एउटा धर्म परिवर्तन, सनातन धर्म मास्न लागेका नक्कली कम्युनिस्टहरूलाई जवाफ दिन्छ ।
अर्काे नक्कली कम्युनिस्टले जस्तो तडकभडक कांग्रेसकाे संस्कृति हाेइन भन्ने देखिन्छ । आरजुले आफ्नो गच्छेअनुसार चाढपर्व मनाउनुपर्छ, देखावटी गर्नु हुँदैन भन्ने सन्देश दिएकी छन् ।
प्रधानमन्त्री पत्नी राणाले भनेकी छिन्, ‘हरितालिका तीजको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना, शिव पार्वतीजीले हामी सबैको कल्याण गरुन् ।’
कांग्रेस नेतृ राणा सामान्य पहिरनमा छिन् । रातो कुर्ता, रातो र हरियो पोते लगाएकी छिन् । देउवाले आकासे रंगको सर्ट लगाएर सोफामा बसेका छन् ।
नेतृ राणाले सुनका गहना लगाएकी छैनिन् । उनले चाहने हो भने सुनका महँगा लगाउन सक्छिन् । तर, कम्युनिस्टले जस्तो ढोङ राणाले गरेकी छैनन् ।
कम्युनिस्टहरूले जनताका बीचमा ढोँङ्गी कुरा गर्छन् । भित्रभित्र आफ्नो औकात देखाइहाल्छन् ।
हिन्दूधर्मको विरोध गर्दै आइरहेका कम्युनिस्टहरू अहिले आएर धर्मको पछाडि लागेर कांग्रेसभन्दा दुई कदम अगाडि पुगेर ढोँङ्ग गर्ने गरेको देख्न पाइन्छ ।
कांग्रेसले भने आफ्नाे चार तारे झण्डाकाे एक तारा सनातन धर्मलाई मानेर हिँडेकाे छ । अहिले देउवा सभापति हुँदा आरजुले धार्मिक गतिविधि तथा सनातन संस्कृतिलाई प्रवर्द्धन गर्दै हिँडेकी छन् ।


