१२ मंसिर २०८३, शुक्रबार

अफगानिस्तानको हेलमाण्ड विस्फोटमा तीन बालबालिकाको मृत्यु

एसीपी संवाददाता

२० भाद्र २०७९, सोमबार ०८:५७ मा प्रकाशित

प्रान्तीय प्रहरी प्रवक्ता अहमद जानले सिन्ह्वा समाचार एजेन्सीलाई उद्धृत गर्दै उक्त घटना शनिबार दिउँसो हिवाद बजार क्षेत्रमा भएको बताएका छन्।  रिपोर्टका अनुसार मारिने सबै विद्यार्थी थिए।

शुक्रबार पश्चिमी हेरात प्रान्तमा भएको घातक विस्फोटमा प्रसिद्ध धर्मगुरु सहित २० जनाको मृत्यु भएको थियो।

हेरात शहरको गुजरगाह मस्जिदमा स्थानीय समय अनुसार राति १२:४० बजे बम विस्फोट भएको खामा प्रेसले तालिवानद्वारा सञ्चालित अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको थियो।

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले प्रार्थनाको नेतृत्व गर्ने मौलवी मुजिब रहमान अन्सारीलाई ‘धर्मका शत्रुहरू’ द्वारा गरिएको कायरतापूर्ण आक्रमणमा मारिएको बताएका छन्।

गत महिना राजधानी काबुलमा दर्जनौं निर्दोषको ज्यान लिने  यस्ता  थुप्रै विस्फोटहरू  भएका थिए।

अफगानिस्तानमा तालिबान शासनको एक वर्ष पूरा हुँदै गर्दा यस्ता थुप्रै शृङ्खलाबद्ध विस्फोटहरू भएका छन्। अधिकार समूहहरूले तालिबानले मानवअधिकार र महिला अधिकारको सम्मान गर्ने अनेक वाचा तोडेको बताएका छन्।

गत वर्ष अगस्टमा काबुल कब्जा गरेपछि इस्लामिक अधिकारीहरूले महिला र बालिकाहरूको अधिकारमा गम्भीर प्रतिबन्धहरू लगाएका छन्। मिडियालाई दबाएका छन् भने  सञ्चारकर्मीहरूलाई मनोमानी रूपमा हिरासतमा राख्दै यातना दिएका छन्।  आलोचकहरू र विरोधीहरू विरुद्ध विभिन्न लाञ्छाना लगाएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x