४ कार्तिक २०८३, मंगलवार

भारतमा मुस्लिम बिरोधि सरकार भन्नेलाई झापड मोदि सरकारले अफगानिस्तानलाई दियो स्वास्थ्य सामाग्री

एसीपी संवाददाता

२१ भाद्र २०७९, मंगलवार २२:११ मा प्रकाशित

एजेन्सी – भारतले अफगानिस्तानलाई थप ३२ टन अत्यावश्यक चिकित्सा सामग्री प्रदान गरेको छ । मानवीय सहायता कार्यक्रमअन्तर्गत भारतले अफगानिस्तानलाई चिकित्सा सामग्री प्रदान गरेको हो ।

भारतले प्रदान गरेका चिकित्सा सामग्री राजधानी काबुलमा रहेको इन्दिरा गान्धी अस्पतालमा हस्तान्तरण गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

गत वर्षको अगस्ट महिनामा तालिबानले सत्ता कब्जा गरेसँगै चरम मानवीय संकटमा फसेको अफगानिस्तानलाई तत्काल मानवीय सहायता उपलब्ध गराउन संयुक्त राष्ट्रसंघको आह्वानअनुसार भारतले सहयोग गरेको भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भारतले अफगानिस्तानलाई प्रदान गरेका चिकित्सा सामग्रीमा जीवन बचाउने औषधि, क्षयरोगविरुद्धको औषधि, ५ लाख डोज कोभिड १९ विरुद्धको खोप समावेश छन् ।

भारतले अफगानिस्तानलाई नियमितजसो चिकित्सा सामग्री प्रदान गर्दै आएको छ । यसबाहेक भारतले अफगानिस्तानमा गहुँलगायतका खाद्यान्न पनि प्रदान गर्दै आएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x