१२ मंसिर २०८३, शुक्रबार

हङकङमा चीनले दियो ५ जनालाई १९ महिने जेल सजाय

एसीपी संवाददाता

२७ भाद्र २०७९, सोमबार ०७:३८ मा प्रकाशित

एजेन्सी –  हङकङमा पाँच जना स्पीच थेरापिस्टलाई बालबालिकालाई भड्काउने किताब लेखेको आरोपमा प्रत्येकलाई १९ महिनाको जेल सजाय दिइएको छ ।

बालबालिकाका लागि तीन वटा इ–कार्टुन किताब प्रकाशित गरेका ती युवा थेरापिस्टहरुलाई काटुर्नचित्र मार्फत हङकङका बालबालिकालाई चीन विरुद्ध भड्काउन खोजेको आरोप लगाइएको छ ।

एउटा कार्टुन किताबमा भेडाहरुले आफ्नो गाउँ कब्जा गर्न खोज्ने ब्वाँसाहरुलाई रोक्न प्रतिरोध गरेको कथा प्रस्तुत गरिएको छ । जसलाई न्यायाधीश क्वक वाइखिनले काटर्नु मार्फत बालबालिकाको दिमाग भुट्न खोजेको ठहर गरेका हुन ।

जेल सजाय पाउनेहरुमा लाइ मनलिङ, मेलोडी इयुङ, सिड्ने एन्जी, स्यामुएल छन र फोङ चहो रहनेका छन् ।

२५ देखि २८ वर्षका यी लेखकहरुको तर्क भने जनताको आँखाबाट इतिहासको ब्याख्या गर्न खोजेको भन्ने रहेको छ । उनीहरु विरुद्ध फैसला गर्न उपनिवेशकालिन राजद्रोह कानुनको सहारा लिइएको भन्दै आलोचना गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x