३० जेष्ठ २०८३, शनिबार

चीनमा नागरिकहरुले किन बिवाह गर्न बाट पन्छिन थाले

एसीपी संवाददाता

२७ भाद्र २०७९, सोमबार १५:२७ मा प्रकाशित

घट्दो जन्मदर र घट्दो जनसङ्ख्याका बीच चीनमा विवाहको बारेमा एउटा अचम्मको रिपोर्ट आएको छ । दशकौंदेखि एक सन्तान नीति लागू गर्दै आएका चीनका मानिसहरु अहिले विवाह गर्न पन्छिन थालेका छन् । अवस्था यस्तो बनेको छ कि सन् २०२१ मा चीनमा ३६ वर्षमा सबैभन्दा कम विवाह दर्ता भएको छ । आधिकारिक तथ्याङ्कअनुसार सन् २०२१ मा चीनमा ८० लाखभन्दा कम जोडीले विवाहका लागि दर्ता गरेका छन् ।

विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश चीनमा गत वर्ष मात्रै ७० लाख ६४ हजार जोडीले विवाहका लागि दर्ता गरेका छन् । विवाह दर्ताको यो संख्या सन् १९८६ यताकै न्यून हो । प्रतिवेदन अनुसार सन् २०२० को तुलनामा २०२१ मा विवाह गर्ने जोडीको संख्या ६.१ प्रतिशतले कम थियो । तथ्याङ्कले लगातार आठौं वर्षमा विवाहको संख्यामा कमी आएको देखाएको छ ।

चीनसामु जनसङ्ख्यासम्बन्धी समस्या बढ्नेछ

रिपोर्टका अनुसार गत वर्ष चीनमा विवाह गर्ने २५ देखि २९ वर्ष उमेर समूहका व्यक्तिको संख्या ३५.३ प्रतिशत मात्र थियो, जुन २०२० को तुलनामा ०.४ प्रतिशतले बढी हो। योसँगै यो लगातार नवौं वर्ष सबै उमेर समूहको सबैभन्दा धेरै विवाह गर्ने समूह बनेको छ । उही समयमा चीनको सरकारी पत्रिका ‘ग्लोबल टाइम्स’ले चिनियाँ विज्ञहरूलाई उद्धृत गर्दै ढिलो विवाह गर्ने प्रचलनका कारण तीन सन्तान जन्माउने चीनको नीति प्रभावित हुने र जनसङ्ख्याको समस्या हटाउन चुनौती थपिने बताएको छ।

बच्चा जन्माउने नीतिमा परिवर्तन

चीनले दशकौं पुरानो ‘एक बच्चा’ नीति अन्त्य गर्दै सन् २०१६ मा सबै दम्पतीलाई दुई सन्तान जन्माउन अनुमति दिएको थियो । गत वर्ष चीनले आफ्नो कानुन परिवर्तन गर्दै चिनियाँ दम्पतीलाई तीन सन्तान जन्माउन अनुमति दिएको थियो। सन् २०२० मा चीनको जनगणनाको तथ्याङ्कले देशको जनसंख्या सबैभन्दा सुस्त गतिमा बढेको देखाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x