१२ मंसिर २०८३, शुक्रबार

भारतीय प्रधानमन्त्री मोदीले चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिनसँग बैठक गर्ने कार्यक्रम

एसीपी संवाददाता

२९ भाद्र २०७९, बुधबार ०८:५१ मा प्रकाशित

चिनियाँ राष्ट्रपति सी जिनपिङ आज (बुधबार) कोरोना संक्रमणपछिको पहिलो विदेश भ्रमण गर्ने तयारी भएको छ ।

उजवेकिस्तानमा बिहिबारदेखि सुरु हुने सांघाई कोअपरेसन फोरमको शिखर सम्मेलनमा सहभागी हुने क्रममा राष्ट्रपति सी त्यस क्षेत्रका देशहरुको भ्रमणमा निस्कन लाग्नु भएको हो । राष्ट्रपति सी बुधबार काजकस्तान पुग्नु हुने भएकाे छ । सि ले  बिहिबार उजवेकिस्तान जाने कार्यक्रम रहेकाे हो ।

साेही सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि पर्यवेक्षकका रुपमा सहभागी हुनुहुने भएकाे छ ।

प्रधानमन्त्री मोदीले चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिनसँग समेत बैठक गर्ने कार्यक्रम तय भएकाे जनाइएकाे छ ।

साेही शिखर सम्मेलनका क्रममा सी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीचमा समेत महत्वपूर्ण बैठक हुने जनाइएकाे छ । गत फेब्रुअरीमा युक्रेनमाथि रुसी हमला हुनुअघि ओलम्पिक महोत्सवको उद्घाटनका दिन अचानक बेइजिङ पुगेर पुटिनले सीसँग भेटवार्ता गर्नुभएको थियो ।

युक्रेनमाथि रुसको हमला र त्यसपछिको समयमा विश्वमा धेरै नै उथलपुथलकारी घटनाहरु भएकाले सी र पुटिनबीचको भेटलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । साङहाइ कोअपरेन फोरम युरोएशियाली देशहरुबीच राजनीतिक, आर्थिक र सुरक्षा सम्बन्ध मजबुत बनाउने उदेश्यले चीनले सुरु गरेको संगठन हो ।

जसमा चीन, रुस, काजकास्तान, किर्गिस्तान, ताजकस्तान र उजवेकिस्तान सदस्य रहेका छन् । इरान पनि त्यसमा सहभागी हुने तयारीमा रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x