१२ मंसिर २०८३, शुक्रबार

४२ तले चिनियाँ भवनमा भीषण आगलागी

एसीपी संवाददाता

१ आश्विन २०७९, शनिबार ०८:१७ मा प्रकाशित

चीनको हुनान प्रान्तको राजधानी चाङसा सहरस्थित एउटा ४२ तले भवनमा भीषण आगलागी भएको छ । चाइना टेलिकमको उक्त भवनमा स्थानीय समय अनुसार शुक्रबार साँझ ३ बजेर ४८ मिनेटमा सुरु भएको आगलागीले भीषण रुप लिएको थियो ।

आगलागीसँगै घटनास्थलमा १७ वटा स्टेसनबाट २८० जना अग्निनियन्त्रक खटिएका थिए। साँझ ५ बजेसम्म आगो निभाइसके पनि दमकलले उद्धार कार्य जारी राखेको थियो । त्यतिबेलासम्म कुनै हताहतीको खबर आएको थिएन ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा भने सयौं मिटर टाढासम्म उक्त आगलागीबाट निस्किएको धुवाँको मुस्लो फैलिएको देखिएको थियो । सन् २००० मा बनेको २१८ मिटर अग्लो उक्त भवन चाङसा सहरकै सबैभन्दा अग्लो थियो । साथै ४२ तले उक्त भवनका दुई तला अन्डरग्राउन्ड थियो ।

आगलागीका कारण थुप्रै तला भत्किए पनि क्षतिको पूर्ण विवरण भने आइसकेको छैन । उद्धारकार्य अहिले पनि जारी राखिएको बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x