१२ मंसिर २०८३, शुक्रबार

लेबनान बाट अब सिरियाली शरणार्थी फर्काउने

एसीपी संवाददाता

३ आश्विन २०७९, सोमबार ०८:३२ मा प्रकाशित

बेरुत — लेबनानले मासिक १५ हजार सिरियाली शरणार्थीलाई स्वदेश फर्काउने योजना सुरु गरेको छ

लेबनानले शनिबारदेखि मासिक १५ हजार सिरियाली शरणार्थीलाई आफ्नो मातृभूमि फर्काउने योजना कार्यान्वयन गर्न थालेको एलनासरा अनलाइन पत्रिकाले जनाएको छ । घर फर्कन चाहने सिरियाली शरणार्थीलाई सिरियाली सरकारले पठाएको बसमार्फत ढुवानी गरिने एलनासराले बताएको छ ।

यो प्रक्रिया लेबनानी सामान्य सुरक्षा निर्देशनालय र लेबनानी रेडक्रसको सहकार्यमा गरिने जनाइएको छ । उनीहरूलाई संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सीको निगरानीमा लेबनान र सिरियाबीचको मस्नाआ क्षेत्रमा लगिनेछ । एलनासराका अनुसार शरणार्थीसहितको पहिलो टोली १० दिनभित्र प्रस्थान गर्दै छ । ‘यदि कुनै अवरोध उत्पन्न भएन भने निर्देशनालयले करिब एक वर्षभित्र दुई लाख सिरियालीलाई स्वदेश फर्काउने व्यवस्था मिलाउन सक्छ,’ विज्ञप्तिमा भनिएको छ ।

जुलाई ४ मा लेबनानका शरणार्थी मामिला मन्त्री इसाम चाराफेद्दिनले मासिक रूपमा १५ हजार विस्थापित सिरियालीलाई उनीहरूको देश फर्काउने जनाएका थिए । लेबनानले यस विषयमा अन्तर्राष्ट्रिय स्थितिको परवाह नगरी आफ्नो योजना कार्यान्वयन गरिने लेबनानी अधिकारीको भनाइ छ । शरणार्थीहरूको उल्लेखनीय सफ्याको उपस्थितिले देशको अर्थ व्यवस्थामा ठूलो असर पारेको छ र यो समस्यालाई थप जटिल हुन नदिन विस्थापित सिरियालीलाई स्वदेश फिर्ता गर्नु विलम्ब गर्न नहुने उनले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x