बाँके युनेस्को क्लबद्धारा बाँके र बर्दियामा स्वास्थ्य सामाग्री हस्तान्तरण

नेपालगन्ज, २१ असार । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिका र बढैयाताल गाउँपालिका तथा बाँकेको राप्तीसोनारी गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
स्टार्ट नेटवर्क युकेको आर्थिक सहयोगमा कतार च्यारेटी र ईस्लामिक रिलिफ नेपालद्धारा बाँके युनेस्को क्लब मार्फत सो स्वास्थ्य सामाग्री हस्तान्तरण गराईएको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका र मधुवन नगरपालिकामा बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकी र उपाध्यक्ष पञ्चम गुरुंगले सो स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भयो ।
बढैयाताल गाउँपालिकामा गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठलाई सो सामाग्री हस्तान्तरण गरिएको थियो भने मधुवन नगरपालिकामा स्टोर इन्चार्ज बिमल भण्डारीलाई सो सामाग्री हस्तान्तरण गरिएको थियो ।

यसैगरी राप्तीसोनारी गाउँपालिकालाई क्लबका सल्लाहकार रुद्र सुवेदीले गाउँपालिकाका अध्यक्ष लाहुराम थारुलाई सो सामाग्री हस्तान्तरण गर्नु भएको थियोे ।
कोभिड १९ विरुद्धको अभियानलाई शसक्त बनाउन बर्दियाको मधुवन र बढैयाताल तथा बाँकेको राप्तीसोनारी गाउँपालिकामा रहेका क्वारेन्टाइनहरुका लागि ती सामाग्रीहरु उपलब्ध गराईएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनु भयो ।
उहाँले स्टार्ट नेटवर्क युकेको आर्थिक सहयोगमा कतार च्यारेटी र ईस्लामिक रिलिफ नेपालद्धारा क्लबलाई उपलब्ध गराईएका सामाग्रीहरु हस्तान्तरण गर्ने कार्य जारी रहेको पनि बताउनु भयो ।
स्वास्थ्य सामाग्री बुझ्दै गाउँपालिकाका अध्यक्षहरुले यस्तो महामारीको विषम परिस्थितिमा महत्वपूर्ण स्वास्थ्य सामाग्रीहरु प्रदान गरेर स्टार्ट नेटवर्क युके, कतार च्यारेटी, ईस्लामिक रिलिफ नेपाल र बाँके युनेस्को क्लबले सराहनीय काम गरेको बताएका थिए ।

बर्दियाको मधुवन नगरपालिकाका क्वारेन्टाइनका लागि हाथ धुने ट्यांकीसहितको सेट ४ वटा, ३४० हाइजिन किट, २० वटा सेट पीपीई, डिग्नीटि किट ४० वटा, र बकेट मग र सरसफाइका अन्य सामाग्री हस्तान्तरण गरिएको छ ।

सोही प्रकारले बढैयाताल गाउँपालिकाका क्वारेन्टाइनलाई हाथ धुने ट्यांकीसहितको सेट ३ वटा, २४२ हाइजिन किट, ४० वटा डिग्नीटि किट, १५ वटा सेट पीपीई र बकेट मग र सरसफाइका अन्य सामाग्री हस्तान्तरण गरिएको छ ।
यसैगरि राप्तीसोनारी गाउँपालिकाका क्वारेन्टाइनलाई हाथ धुने ट्यांकीसहितको सेट ८ वटा, ६५६ हाइजिन किट, १५० वटा डिग्नीटि किट, ४० वटा सेट पीपीई र बकेट मग र सरसफाइका अन्य सामाग्री हस्तान्तरण गरिएको थियो ।

यसअघि क्लबले बाँके र बर्दियाका विपद व्यवस्थापन समितिहरुलाई पनि विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरिसकेको छ ।



