मिसाईल हान्ने चीन किन लचक , ताइवानसँगको ‘एकीकरण’ शान्तिपूर्ण बनाउन अधिकतम प्रयास गर्नेछौं
बेइजिङले ताइवानको ‘पुनःएकीकरण’का लागि अधिकतम प्रयास गर्ने बताएको छ । बेइजिङ पछिल्लो समय ताइवानको विषयमा आक्रामक बन्दै गएको सन्दर्भमा यो कथन आएको हो । गत महिना अमेरिकी सभामुख न्यान्सी पेलोसीको चीन भ्रमणपछि चीनले ताइवान वरपर ठूलो हवाई तथा समुद्री अभ्यास गरेको थियो । साथै त्यस समय उसले सो टापु माथिबाट मिसाइल हानेको थियो ।
गत १० वर्षभित्रको चीन र ताइवानबीचको सम्बन्धको मुल्यांकन गर्न आयोजित पत्रकार सम्मेलनमा चीनको ताइवान मामिला कार्यालयका प्रवक्ता मा सियाओगङले शान्तिपूर्ण ‘पुनः एकीकरण’ हासिल गर्नको लागि सक्दो प्रयास गर्ने बताए ।
सन् २०१६ मा राष्ट्रपतिमा साई इङ–वेन निर्वाचित भए यता बेइजिङले ताइवानमाथिको दबाब बढाएको छ ।
बेइजिङले साई इङ–वेनलाई ‘पृथकतावादी’को आरोप लगाउँदै उनीसँग वार्ता गर्न अस्वीकार गर्दै आएको छ । चीनले केही वर्ष यता ताइपेईलाई कुटनीतिक रुपमा एक्ल्याउने प्रयासलाई तीव्र बनाएको छ ।
पुनःएकीकरणपछि ताइवान ‘एक मुलुक, दुई प्रणाली’ अन्तरगत चीनमा रहने माले बताए ।
यही व्यवस्था सन् १९९७ मा ब्रिटिस उपनिवेश रहेको पूर्व चिनियाँ भूमि फिर्ता लिने बेला पनि लागु गरिएको थियो । माले ताइवानमा बाँकी चिनियाँ भूभागको भन्दा फरक समाजिक प्रणाली हुने भएकाले त्यहाँको फरक जीवनशैली, धार्मिक स्वतन्त्रताको सम्मान गरिने बताए । तर ‘सार्वभौमसत्ता, सुरक्षा र विकास स्वार्थ’ मा भने सम्झौता नहुने पनि उनले जोड दिए । रतोपाटि


